पोखरा । २१ औं अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवसको अवसरमा पोखरामा ऐतिहासिक रातो मच्छिन्द्रनाथ रथयात्रा र हनुमान ढोका क्षेत्रमा भएका ऐतिहासिक तस्वीर प्रदर्शन गरिने भएको छ ।
माघ २१ गतेदेखि २८ गतेसम्म संग्रहालयले ती ऐतिहासिक तस्वीर पोखरामा एक हप्तासम्म प्रदर्शन गर्ने चाँजो मिलाएको हो । संग्रहालय निर्देशक निर्मला न्यौपानेले पर्वतीय संग्रहालय दिवसको अवसरमा उक्त फोटो प्रदर्शनी पाटन संग्रहालय विकास समिति र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा गर्न लागेको जानकारी दिइन् ।
सो अवसरमा रातोमच्छिन्द्रनाथ रथ यात्राबारे जानकारी, यात्राको रुट, डकुमेन्ट्रीलगायत प्रदर्शनी गरिने संग्रहालयले जानकारी दिएको छ । साथै, हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक तस्वीरहरु पनि प्रदर्शनमा राखिने भएको छ ।
‘हनुमान ढोका दरबार संग्रहालय तथा विकास समितिको सहकार्यमा शाही चित्रकार तथा दरबार फोटोग्राफर दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारले खिचेको चित्र, तस्वीर, दरबार क्षेत्रका स्मारक, जात्रा, उत्सव, तथा जनजीवन झल्किने फोटो एकहप्तासम्म पोखरामै हेर्न व्यवस्था मिलाएको छौं,’ न्यौपानेले भनिन् ।
उक्त अवसरमा पाटन ढोका दरबार क्षेत्रका महत्वपूर्ण सम्पदाहरु तलेजु मन्दिर, प्रताप मल्लको परिवारसहितको शिलास्तम्भ, मल्लकालीन मूलचोक, मोहनचोकलगायत प्रथम विश्व युद्धका लागि तयार पारिएका नेपाली सेना, विसं. १९९० को महाभूकम्प आदि झल्कने २२ तस्वीर प्रदर्शन गरिने संग्रहालयले जनाएको छ ।
साथै, २१ औं पर्वतीय संग्रहालय महोत्सवको अवसरमा जर्मनी आरोही हेनिज स्टेन्मिजले नेपालको अन्नपूर्ण चौंथो आरोहण गर्दा खिचेको ऐतिहासिक फोटोसमेत प्रदर्शनीमा राखिने भएको छ । हेनिजले सन् १९९५ मा अन्नपूर्ण चौंथो आरोहण गरेका थिए । उनले अन्नपूर्ण चौंथोसँगै चुलु, काङगुरु, दक्षिण लमजुङ हिमाल आदि आरोहण गरेका थिए ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवस उत्वसको उद्घाटन पोखराका मेयर धनराज आचार्य र ललितपुरका मेयर चिरिबाबु महर्जनले संयुक्त रुपमा गर्ने संग्रहालयले जनाएको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो