८ महिनादेखि फरार पोखरा बाटुलेचौरका युवक पक्राउ

लागुऔषध कारोबार

८ महिनादेखि फरार पोखरा बाटुलेचौरका युवक पक्राउ

ajay gc

पोखरा । लागूऔषधसम्बन्धी मुद्धाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आठ महिनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरका २४ वर्षीय अजय जिसी रहेका छन् ।

वडा प्रहरी कार्यालय, बगर कास्कीबाट खटिई गएको टोलीले बिहीबार जिसीलाई पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

लागूऔषध डाइजापामसमेतको मुद्धामा जिल्ला अदालत कास्कीले २०८० जेठ १९ मा जिसीविरुद्ध दुई वर्ष कैद सजाय र एक लाख चार हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

प्रहरीका अनुसार उनले २ महिना १६ दिन कैद अशुल गरेको तर एक वर्ष ९ महिना १४ दिन कैद सजाय र एक लाख चार हजार रुपैयाँ जरीवाना भुक्तान गर्न बाँकी रहँदा फरार भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds