पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित डेढ दर्जन विरुद्ध पीडित समूहले कास्की प्रहरीमा जाहेरी बुझाएका छन् ।
यसअघि तीन पटकसम्म जाहेरी नलिइकन फर्काइदिएको प्रहरीले जाहेरी बुझेको छ तर दर्ता भएको छैन । अहिले पुरक जाहेरी रहेकाले सुरूकै निवेदनबाट अनुसन्धानमा निरन्तरता दिइरहेको हुँदा दर्ता गरिरहनुनपर्ने कास्की प्रहरी बताउँछ ।
लामिछानेसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायत अरु जिबी राई जोडिएका संस्थाहरु विरुद्ध आरोप लगाइएको छ ।
छानबिन समितिको प्रतिवेदन अनुसार सूर्यदर्शन सहकारीबाट मनपरी रुपमा पैसा बाहिर गएको तर संस्थाहरुबाट पैसा फिर्ता नभएका कारण तत्कालिन सञ्चालक/प्रबन्धकहरुलाई पनि छानविनको दायरामा ल्याउन जाहेरी दिएको पीडितहरूले बताएका छन् ।
कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले निवेदन पीडितहरुबाट आएको बताए । उनले सुरुमा दर्ताकै आधारमा अनुसन्धान गर्ने बताउँदै प्रशासनसँग पनि छलफल निरन्तर भइरहेकाले अब अनुसन्धान थाल्न सहज भएको बताए । उनले पुरक जाहेरी रहेकाे उल्लेख गरे ।
‘हामीले अनुसन्धान गरिरहेकै छौं। उही प्रकरणमा पूरक जाहेरी आएको हो। यसअघि निवेदन पनि आइसकेको थियो। त्यही निवेदनको आधारमा अनुसन्धान जारी छ । आज फेरि कम्पनीहरू र नाम जाहेरी परेको हो,’ उनले भने, ‘पूरक अनुसन्धान पेस गर्छौं। जाहेरी नै नभएपनि अनुसन्धान गर्न बाधा हुँदैन थियो। अब झन् सहज बनेको छ ।’
यसअघि माघ ९ गते जाहेरी दिन पीडितहरूको समूह जिल्ला प्रहरी कार्यालय कास्की पुगेका थिए। प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि रित्तै फर्किनुपरेको सूर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताएका थिए ।
प्रहरीले जाहेरी नमिलेको भन्दै फर्काइदिएपछि अर्को जाहेरी लेखेर कास्की प्रहरीको मुद्दाफाँटमा लगेको थियो। मुद्धा फाँटका प्रहरी अधिकारीले फेरि जाहेरी नमिलेको, जाहेरी पत्रका तलमाथि दुई अमल ठाउँ नछाडेको र ल्याप्चे लगाएको नमिलेको भन्दै फर्काइदिएको संयोजक श्रेष्ठले बताए।
सहकारी ठगीमा लामिछानेको संलग्नता देखिएकोले अनुसन्धान गर्नुपर्ने पीडितहरूको भनाइ छ। लामिछानेले भने सहकारीमा आवद्ध नभएकाले ठगीमा आफ्नो संलग्नता नभएको बताउँदै आएका छन्।
सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेको र टेलिभिजनको प्रवन्ध निर्देशक लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने पीडित पक्षको माग छ।
पीडित पक्षले अहिले अदालतमा दर्ता भइसकेको सहकारी ठगी मुद्दाको अनुसन्धान प्रतिवेदन नै अपुरो भएको बताएका छन्। पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदन र कास्की प्रहरीले गरेको अनुसन्धान प्रतिवेदन दुवै अपुरो भएको उनीहरूको भनाइ छ।
सूर्यदर्शन सहकारी ठगीमा अदालतमा मुद्दा दर्ता गर्दा जिल्ला सरकारी वकिलको कार्यालयले १९ जनालाई मात्र अभियोग लगाएको छ। पोखरा महानगर र प्रहरीको अनुसन्धान प्रतिवेदन फितलो भएकै कारण ठगीमा संलग्न अधिकांश व्यक्ति अनुसन्धानको दायरामा पनि आउन नसकेको पीडित पक्षको दाबी छ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो