पोखरा । यहि फागुन ५ गते पोखरामा हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’लाई वातावरणमैत्री बनाउने प्रयास अनुरुप साइक्लिङ भोलिन्टिएरहरु खटिने भएका छन् ।
१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको धावक स्कर्टिङका लागि साइक्लिङ भोलिन्टिएर र आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चबीच छलफल सम्पन्न भएको हो ।
म्याराथनलाई सुरक्षित र धावकहरुलाई स्कर्टिङसँगै वातावरणमैत्री बनाउनका लागि साइकल स्वयं–सेवकसँग छलफल भएको मञ्चले जनाएको छ। छलफलमा साइकल सिटी र पोखरा राइडर क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।
उक्त छलफलमा साइकल राइडरहरुले आ–आफ्नो जिज्ञासा राख्दै प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई मात्र नभई अन्तिममा आउनका लागि समेत सुरक्षा दिनुपर्ने सुझाव दिएका थिए । उनीहरुले विभिन्न व्यक्तिले स्वयं–सेवक बन्नकै लागि नाम मात्र लेखाउनेलाई स्वयं–सेवक नबनाई वास्तवमै अन्तिम सम्म काम गर्नेहरुलाई मात्र राख्न अनुरोध गरे ।
उनीहरुले धावकका लागि साइकलबाट स्कर्टीङ गर्ने रुटको बारेमा शनिबार अध्ययन गर्ने भएका छन् । उनीहरुले अघिल्लो संस्करणमा भन्दा यस पटक रुट अलि सहज भएको कारण काम गर्न केही सहज हुने समेत बताए । साइकल स्वयं–सेवकका लागि संयोजन गरेका शंकर भण्डारीले शनिबार रंगशालाबाट रुटको अवलोकनमा जाने बताएका छन् । उनले रुटको अवलोकन पश्चात के कसरी साइकल स्कर्टिङ गर्ने भन्ने बारेमा पुनः छलफल गर्ने सुनाए ।
म्याराथन अन्तर्गत आज शनिबार ह्विलचियर र दृष्टिविहिन दौड प्रतियोगिता आयोजना हुँदैछ । उक्त प्रतियोगिता पोखरा रंगशालामा हुनेछ । उक्त दौडको सम्पूर्ण तयारी पुरा भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु