अर्जुनप्रसाद मैनाली । रगत दान अभियानमा लाग्ने जो कोहिले सम्झने नाम ।
उनलाई नपुग्दो के थियो र ? ३६ वर्ष अनवरत रक्तदान र यस सम्बन्धित गतिविधिमा योगदान गरेवापत ब्लड डोनर्स एसोसिएसन नेपालले ’द गिफ्ट अफ लाइफ’ प्रकाशित गरेको छ । अमेरिकाको न्युयोर्क राज्यको ओयस्टर बे टाउनले डिसेम्बर २२ लाई विश्व रक्तदाता अर्जुन मैनाली दिवस घोषणा नै गरिसकेको छ ।
६ वटा महादेशका २० देशहरू पुगेर २०६ पटकमा १०३ लिटर रगत दान गरिसेकका मैनालीले नेपाल र अमेरिकामा रक्तदान गर्न अभिप्रेरणामुलक सयौँ कार्यक्रम सम्पन्न गरिसकेका थिए । तर, यसरी अरुको जीवन बचाउने मैनाली आज आफै जीवन त्याग्न पुगेका छन् ।
छोरीको बिहे सम्पन्न गरी ४ दिन अघि मात्रै अमेरिका पुगेका उनले भाडाको गाडीमा आगो लगाएर आफैलाई जलाएका छन् । अमेरिकामै रहेका लेखक पुरूषोत्तम ढकालले उनको आत्महत्या पुष्टि गरेका छन् ।
श्रीमति तारा कोइरालाको नाममा फेसबुकमा आत्महत्याको कारण उल्लेख गर्दै नोट पनि छाडेका छन् ।
आफ्नो सालो रमेशकुमार कोइराला र उनकी श्रीमती अस्मिताका कारण आत्महत्याको परिस्थितिमा पुगेको उल्लेख गरेका छन । १० महिनाअघि सालो रमेश र अस्मिताको दुर्वचनले यो अवस्थामा पुगेको उल्लेख गर्दै उनले छोरीको बिहेपछि यो संसार त्याग्ने सोच बनाएको पनि लेखेका छन् । सालोको अपमानका कारण आफ्नो छोराले रातभर सुत्न नपाएको र परीक्षा समेत बिग्रिएको उल्लेख गर्दै शव्द वचनको हतियारले सालोले आफूलाई गत अप्रिलमै मारेको भनेका छन् ।
उनले अर्को जुनी मन नभएको तर पाएमा त्यो जुनीमा पनि ताराकै श्रीमान् बन्न पाउँ भन्ने कामना समेत गरेका छन् । १५ दिन अघि मात्रै उनले छोरीको बिहे गरे । नेपालमा रहँदा सुनसरी जिल्लाका पाँच वर्षीय बालकका लागि २०६ औं पटक रगत दान गरेका थिए । रक्तदान अभिमुखीकरण कार्यक्रमहरुमा पनि उनी पुगे ।
विश्वका धेरै देशमा घुमेर रगत दान गरेका मैनाली रक्तादनसम्बन्धी कार्यक्रममा अमेरिका जाँदा पछि परिवारसँग उतै सेटल भएका थिए । त्यसपछि पनि उनी रगत दान र यस गतिविधिमा देश विदेश धाइरहन्थे । मैनालीले मकाउ, आयरल्याण्ड, अष्ट्रेलिया, मलावी, इक्वेडर, हैटी, युगान्डा, भारत, क्यानडा, बेलायत, बर्मुडा, केन्या, अर्जेन्टिना, मेक्सिको, घाना, थाइल्याण्ड, इथियोपिया र रुवान्डामा पुगेर पनि रगत दान गरेका छन् ।
मैनालीले सामाजिक सञ्जालमा आत्महत्याको कारण बताउँदै श्रीमतिको नाममा यस्तो पत्र लेखेका छन्ः


सम्बन्धित खबर
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन