दोलखामा प्रेमसम्बन्धकै कारण एक १९ वर्षीय किशोरको हत्या भएको खुलेको छ ।
गत ११ पुसमा दोलखाको शैलुङ गाउँपालिका– ४ मागाका १९ वर्षीय भीष्म भण्डारीलाई प्रेमसम्बन्ध राखेकै कारण प्रेमिकाका परिवारले घाँटी रेटेर हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाले पत्रकार सम्मेलन गरी उक्त विभत्स हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो ।
भण्डारी दलित युवतीसँग प्रेममा थिए । हत्या अभियोगमा पक्राउ परेका शैलुङ गाउँपालिका– ५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीलाई दोलखा प्रहरीले सार्वजनिक गरेको हो । उनीहरूले प्रहरीमा भण्डारीको हत्या खुकुरीले घाँटी रेटेर गरेको बयान दिएका छन् ।
दोलखा प्रहरी प्रमुख दीपक खड्काले युवकको हत्यामा उनीहरूको संलग्नता देखिएको र हत्या प्रेमसम्बन्धका कारण भएको बताएका छन् ।
प्रहरीका अनुसार ११ पुसको राति भण्डारी काटाकुटीस्थित १७ वर्षीया प्रेमिकाको घरमा बसेका थिए । गाउँको पूजामा गएका किशोरीका बाबु पुस्कर र ठूलोबुबा ईश्वर नेपाली मादक पदार्थ सेवन गरी घर आइपुग्दा भण्डारीलार्ई छोरीसँगै देखेपछि विवाद भएको प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
विवादपछि किशोरीका ठूलो बुबाका छोरा विशाल नेपाली पनि आएका थिए । त्यसपछि तीनैजना मिलेर भण्डारीलाई एकान्तमा लगेका थिए । विशालले घरबाट खुकुरी ल्याई भण्डारीलाई नजिकैको भट्टे भनिने ठाउँमा लगेर घाँटी रेटेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन