पोखरा । वि विल राइज फाउन्डेशनका संस्थापक अध्यक्ष एवं तेक्वान्दो ग्रान्ड मास्टर तुलसी कुमार गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि नगद ५ लाख सहयोग हस्तान्तरण गरेका छन् ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य समेत रहेका गुरुङले आफ्नो परिवारका तर्फबाट नगद २ लाख र हङकङस्थित नेपाली दाजुभाई बाट संकलित नगद ३ लाख गरी कुल ५ लाख नगद सहयोग हस्तान्तरण गरेका हुन् ।
गुरुङले हस्तान्तरण गरेको उक्त रकम १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत प्रथम पुरस्कार राशीका लागि रहेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका छन् ।
सोही अवसरमा सहारा क्लब हङकङका अध्यक्ष दिपक गुरुङ र प्रदेश खेलकुद परिषद गण्डकीका सल्लाहकार एवं समाजसेवी सुनिल गुरुङले समेत् नगद ५–५ हजार सहयोग प्रदान गरेका छन् ।
सहयोग रकम हस्तान्तरण गर्दै संस्थापक अध्यक्ष गुरुङले आयोजकले अब सम्पूर्ण ध्यान पोखरा म्याराथन सफल बनाउन तर्फ केन्द्रित गर्नु पर्ने बताए । उनले भने–“अब अन्तिम समय आइपुगेको छ । कोही रिसाउँछ की भनेर चिन्ता गर्नु पर्दैन । अब सफल रुपमा सम्पन्न गर्न यहाँहरुको ध्यान पुग्न आवश्यक छ ।” उनले पोखरालाई अब लिने मात्रै नभई दिने पनि बनाउन सक्नुपर्ने कुरा औंल्याउँदै पोखरा म्याराथनमा सुरक्षाको विषय प्रमुख रहेको बताए ।
नेपाललाई नै अब खेलकुदको माध्यमबाट ‘फिट’ राख्नुपर्ने कुरा औंल्याउँदै तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक समेत रहेका गुरुङले आफूले सोही उद्धेश्य अनुरुप पोखरामा फिट नेपाल परियोजना सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि हङकङमा रक्ष ९रक्स० गुरुङको संयोजकत्वमा तेक्वान्दोका ग्रान्ड मास्टर चौ बहादुर गुरुङले सहयोग गरेका छन् । त्यस्तै सहयोग गर्नेहरुमा गंगा गुरुङले १ लाख, अर्जुन गुरुङले ७० हजार, सुरेश गुरुङले ३० हजार, सुरज (नारायण) गुरुङले ३० हजार सहयोग गरेको अन्तर्राष्ट्रिय सम्पर्क संयोजक तेज बहादुर गुरुङले जनाएका छन् । त्यस्तै हङकङबाट सहयोग गर्नेहरुमा वुद्धि गुरुङ र सुरेन्द्र ढकालले समान हङकङ डलर १–१ हजार, दिनेश गुरुङले ७ सय, भिम गुरुङले ५ सय, रक्ष (रक्स) गुरुङले ५ सय, डम्बर कुमार गुरुङले २ सय ५१ हङकङ डलर सहयोग गरेका छन् । हङकङबाट २६ जनाले पोखरा म्याराथनलाई सहयोग गरेको संयोजक गुरुङले जानकारी दिए ।
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले सहयोग प्रति आभार व्यक्त गर्दै विदेशमा बस्ने नेपालीहरु दाजुभाईको सहयोगले पोखरा म्याराथनलाई सहजरुपमा सञ्चालन गर्न सहयोग पुगेको बताए ।
सो अवसरमा अस्ट्रेलियाका संयोजक चन्द्र प्रकाश गुरुङले आफू पोखरा म्याराथनका लागि भनेर नै हरेक वर्ष सहभागि हुन आएको बताउँदै अर्को वर्ष भने अस्ट्रेलियन नागरिकलाई सहभागि गराउने गरी आफूले प्रयास गर्ने बताए । उनले भने– “अहिले हामीले जति सकिन्छ नेपाली दाजु भाईबाट संकलित रकम सहयोग हस्तान्तरण गरेका छौं । अर्को वर्ष आफ्नो निरन्तरता संगै अस्ट्रेसियन नागरिकहरुलाई समेत पोखरा म्याराथनमा सहभागिता गराउन प्रयास हुनेछ ।”
पोखरा म्याराथनमा फुल म्याराथनमा सहभागिता जनाउन लागेका चन्द्र प्रकाश गुरुङले गैर आवाशिय नेपाली संघ अस्ट्रेलियाको नगद सहयोग १ लाख र विभिन्न साथी भाईबाट संकलित १ लाख ३७ हजार ५ सय गरी कुल २ लाख ३७ हजार ५ सय नगद सहयोग मञ्चलाई हस्तान्तरण गरिसकेको छन् ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो