पोखरा । नेपाली खेलाडी उत्पादनको मुख्य प्रतियोगिताको मध्येको एक केन्द्रिय राष्ट्रपति कप बैशाखको पहिलो साता हुने भए पनि यता गण्डकी प्रदेशले भने आफ्नो तयारी सुरु गरेको छ ।
केन्द्रिय राष्ट्रपति कप रनिङ शिल्डफागुनको अन्तिम साता गर्ने यस अघि राष्ट्रिय खेलकुद परिषदले जनाएको थियो । यहि फागुनको अन्तिम साता बागमती प्रदेशस्तरीय प्रतियोगिता हुने भए पछि बैशाखमा धकेलिएको हो । यता केन्द्रियस्तरको प्रतियोगिता सर्ने निश्चित भए पनि प्रदेश खेलकुद परिषद गण्डकीले भने आफ्नो तयारी सुरु गरेको सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड यहि फागुनको ११ देखि १३ गते सम्म नवलपुरमा हुने भएको छ ।
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको फागुन ११ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं परिषदका संरक्षक सुरेन्द्रराज पाण्डेले गर्ने सदस्य सचिव शर्माले जनाएका छन् । प्रदेशस्तरीय प्रतियोगिता सम्पन्न गर्न शर्माको अध्यक्षतामा राष्ट्रपति रनिङ शिल्डमा हुने ६ विभिन्न खेलका अध्यक्ष तथा पदाधिकरीहरु सँग शनिबार छलफल गरेको छ ।
सदस्य सचिब शर्माका अनुसार नवलपुर जिल्लाका ६ पालिकाहरुले प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड सम्पन्न गर्न ३० लाख सहयोग गर्ने भए संगै प्रतियोगितालाई नवलपुरमा आयोजना गर्न लागिएको बताए । उनले भने–“यो महत्वपूर्ण निर्णय थियो । प्रतियोगिता सञ्चालन गर्न बजेट अभाव भएको बेला नवलपुरका पालिकाहरु अग्रसर भएका छन् । अर्को वर्ष जुन जिल्लाले आयोजना गर्ने हो । त्यहाँबाट प्रतिवद्धता आयो भने हामी यो प्रतियोगिता त्यहीं सञ्चालन गर्छौं र सोही अनुसार झण्डा समेत हस्तान्तरण गर्छौं ।”
फागुन ११ गतेबाट सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्र÷छात्रा भलिबल र कबड्डी देवचुली नगर पालिकामा हुने तय गरिएको छ भने कराते मध्यबिन्दु नगर पालिका, तेक्वान्दो गैडाकोट नगरपालिका, उशु र एथलेटिक्स कावासोतीमा हुनेछ । उद्घाटन लगायत अन्य कार्यक्रमहरु समेत कावासोतीमा हुने सदस्य सचिब शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा ६ खेलका १ हजार २ सय खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक गरी १ हजार ४ सयको हाराहारीमा नवलपुर पुग्नेछन् । सोही प्रतियोगिताबाट केन्द्रिय राष्ट्रपति रनिङ शिल्डक लागि सबै खेलका १ सय १२ जना खेलाडी छनौट हुनेछन् । सदस्य सचिव शर्माले छनौट प्रक्रियालाई पारदर्शी र जिम्मेबार पूर्वक गर्न निर्देशन समेत् दिए । उनले भने–“खेलाडी छनौट गर्दा कुनै समस्य नआओस भन्नका लागि म सबै खेलका प्रतिनिधीहरुलाई सजग गराउन चाहन्छु । खेलाडीको हितका लागि छनौट पारदर्शी हुनुपर्छ ।”
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो