पोखरा । बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको अन्तिम चारमा लामागाउँ गुम्बा एफसी, रामघाट एफसी, एलसी ब्रदर्श र एट टु नाइन एफसी प्रवेश गरेको छ ।
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा मंगलबार भएको पहिलो क्वाटरफाइनल खेलमा लामागाउँ गुम्बा एफसीले एलबी आरवाइसी काठमाडौंलाई ४–१ गोल अन्तरले पराजित गर्दै लामागाउँ गुम्बा एफसी सेमिफाइनलमा प्रवेश गर्याे ।
लामागाउँको जीतमा सरोज तितुङ तामाङले २ गोल गरे । यस्तै अनुज भण्डारी र सन्तोष गुरुङले समान १ गोल गरे भने काठमाडौंको तर्फबाट करण खड्काले सान्त्वना १ गोल फर्काए ।
यस्तै दोस्रो खेलमा रामघाट एफसीले दिव्यज्योती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा लामागाउँसँगको भेट पक्का गर्याे ।
रामघाटको जीतमा राजकुमार कुँवरले निर्णायक गोल गरे । अब रामघाटले लामागाउँविरुद्ध बुधबार दिउँसो १२ बजे प्रतिस्पर्धा गर्ने खेल संयोजक रामकाजी गुरुङले जानकारी दिए ।
उनका अनुसार तेस्रो क्वाटरफाइनल खेलमा एलसी ब्रदर्श लामाचौरले एनटु क्याफे टुंडिखेलमाथि २–० गोल अन्तरले जीत निकाल्दै अन्तिम चारमा स्थान बनायो । एलसी ब्रदर्शको जीतमा धिरज मगरले २ गोलको योगदान दिए ।
यस्तै तारा एफसी र एट टु नाइन एफसीबीच भएको अन्तिम क्वाटरफाइनल खेल गोलरहित निर्धारित समयसकिएपछि पेनाल्टी सुटआउटमा एट टु नाइन एफसीले ३–२ गोल अन्तरले विजयी बन्यो । एट टु नाइन एफसीले अब सेमिफाइनलमा एलसी ब्रदर्शसँग भिड्नेछ ।
दुवै सेमिफाइनका खेल बुधबार हुनेछ भने फाइनल खेल बिहीबार सम्पन्न गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।
उनका अनुसार कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला