मङ्गाेलियामा अत्यधिक चिसोका कारण साढे छ लाख भन्दा धेरै पशु मरेका छन् ।
मङ्गोलियाको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सीले यो वर्षको चिसोमा अहिलेसम्म छ लाख ६७ हजार आठ सय ४१ वटा पशु मरेका जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
मङ्गोलियाका २१ वटा प्रान्तमध्ये पूर्वी सुखबाटर, खेंती, डोर्नोड र डोर्नोगोवीमा जनावरहरूको मृत्युको दर सबैभन्दा बढी छ । त्यहाँ अत्यधिक चिसोका कारण जमिनसमेत जमेको छ । हजारौँ भेडा, गधा, चौरीगाईलगायतका पशु बरफ जमेजस्तै जमेका छन् । मङ्गोलियाको ८० प्रतिशत क्षेत्रमा अहिले एक सय सेन्टिमिटरसम्म हिउँ परेको छ ।
मङ्गोलियामा संसारकै सबैभन्दा धेरै घुमन्ते किसान र पशुपालक रहेका छन् । मङ्गोलियाली सरकारले पीडित घुमन्ते गोठालाहरूलाई सहयोग गर्दै २० हजार टन घाँस र चारा प्रभावित प्रान्तहरूमा पठाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या झन्डै सात करोड थियो ।
सम्बन्धित खबर
गुडिरहेको बसमा आगलागी हुँदा १० जनाको मृत्यु
बेलायतमा ‘प्रकट’ र ‘पारिजात’ को स्मरण
ब्राजिलमा बाढीका कारण ७५ जनाको मृत्यु, १०३ जना बेपत्ता
डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा
अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी हेर्न सकिन्छ
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग