पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई अक्षयकोष सञ्चालनका लागि रकम हस्तान्तरण गरेका छन् ।
शुक्रबार पोखरा–९ पृथ्वीचोकस्थित सहारा बाल आधारभुत विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका बीच रु २५ हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्तरण गरेका हुन् ।
रञ्जितले हालै एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा स्पेशल अवार्ड सहित प्राप्त गरेको पचास हजार नगद सहितको पुरस्कारबाट प्राप्त रकम मध्यबाट मञ्चले सञ्चालन गर्न लागेको अक्षयकोषमा जम्मा हुने गरि उक्त रकम हस्तान्तरण गरेका हुन् ।
मञ्च गण्डकीले आगामी एक बर्ष भित्रमा दश लाख अक्षयकोष पुर्याउने अध्यक्ष बरालले बताउदै आएका छन् । अध्यक्ष बरालले यस अघि उक्त कोषमा दश हजार सहयोग गर्दै अक्षकोषको शुरुवात गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी पौडेल र सदस्य रोहितराज पराजुलीको उपस्थिती रहेको थियो ।
यस्तै रञ्जितले सोही पुरस्कार मध्य केही रकम थप गरी सहारा आधारभूत प्रा.वि. पृथ्वीचोकलाई ३० हजार बराबरको सहयोग गरेका छन् । विद्यालयका अध्यक्ष विक्रम थकाली र प्रधानाध्यापक लोचना अधिकारीलाई उक्त रकम बराबरको चेक नै रञ्जितले सहयोग हस्तान्तरण गरे ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला