पोखरा । पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा सगरमाथा माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालय विजयी भएका छन् ।
बि–बग इभेन्ट्सको आयोजनामा र एक्स्पर्ट एजुकेसन एण्ड भिजा पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो दिन शनिबार सगरमाथाले कुमुदिनी होम्स माध्यमिक विद्यालय र अमरसिंह माविले एसओएस हर्मन माइनर विद्यालय गण्डकीलाई पराजित गरेका हुन् ।
पहिलो खेलमा सगरमाथाले कुमुदिनी होम्सलाई २१८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । सगरमाथाले दिएको दिएको ३०२ रनको विजयी लक्ष्य कुमुदिनी होम्स निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८३ रनमा समेटिएको हो । कुमुदिनी होम्सका लागि अनन्त सुवेदीले १६ र समिप दासले १४ रन बनाउनुबाहेक अन्य व्याटरले राम्रो रन बनाउन सकेनन् । बलिङमा सगरमाथाका सत्यजित शर्मा र किर्बिन श्रेष्ठले २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सगरमाथाले किर्बिन श्रेष्ठको दोहोरो शतकको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ३०१ रन बनाएको थियो । किर्बिनले ७४ बलमा शानदार दोहोरो शतक प्रहार गरेका थिए । उनी २०४ बलमा अविजित रहे । मोहमम्द मियाले ५७ रनको योगदान दिए । बलिङमा कुमुदिनी होम्सका लक्की गुप्ताले २ र संकल्प पौडेलले एक विकेट लिए । दोहोरो शतक प्रहार गरेका किर्बिन प्लेयर अफ द म्याच बने ।
शनिबार नै भएको दोस्रो खेलमा अमरसिंह माविले एसओएस गण्डकीलाई ८ विकेटले पराजित गरेको हो । एसओएस गण्डकीले दिएको ९८ रनको लक्ष्य अंमरसिंहले ११ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । अंमरसिंहका सुमन पन्तले ३६, विमोचन सापकोटाले २२ र कल्यान कुमालले १९ रन बनाए । बलिङमा एसओएस गण्डकीका कपिल पौडेलले एक विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको एसओएस गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । एसओएस गण्डकीका कपिल पौडेलले अविजित ४४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरा अंकमा रन बनाउन सकेनन् । बलिङमा अंमरसिंहका सुस्मत गौतमले सर्वाधिक २ विकेट लिए । खेलको लेयर अफ द म्याच अंमरसिंहका सुमन पन्त घोषित भए ।
प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागी छन् । प्रतियोगिताका विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
छक्का क्याच गर्ने दर्शकलाई एक हजार
पोखरा रंगशालामा जारी पोखरा कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा छक्का आएको बललाई क्याच गर्ने दर्शकलाई पुरस्कार दिने भएको छ ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगितामा खेलाडीले प्रहार गर्ने प्रत्येक छक्का क्याच गर्ने दर्शकलाई पुरस्कार दिने प्रतियोगिता संयोजक उदीप ढुंगानाले जानकारी दिए ।
दर्शकलाई क्याच गरेवापत प्रत्येक क्याचको एक हजार प्रदान गरिने ढुंगानाले सुनाए ।
फागुन ९ गतेबाट सुरु भएको प्रतियोगिता १६ गतेसम्म चल्नेछ । प्रतियोगितामा कास्कीको १२ विद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियोगिताका विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो