पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका -१४ चाउथेबाट प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पोखरा -५ मालेपाटन बस्ने वर्ष २५ को दिपेश श्रेष्ठ र पोखरा -८ बगालेटोल बस्ने वर्ष ३३ को आशिष खान बैठान छन्।
विशेष सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले उनीहरुको साथबाट लागु औषध नाईट्रोभ्याट ४३२ ट्याब्लेट, मोवाईल २ थान र ग ३ प ८४०१ नम्बरको मोटरसाइकल सहित शनिबार पक्राउ गरेको हो।
उनीहरुमाथि लागु औषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सम्बन्धित खबर
पोखराको विद्यालय तोडफोड गरी ल्याप्टप चोरी गरेको आरोपमा ४ बालक प्रकाउ
श्रीमतीको उजुरीपछि रवि ओडले गरे आत्मसमर्पण
बत्तीसपुतलीस्थित बीच सडकमै युवकको हत्या
पोखरामा बियर खुवाएर महिलामाथि सामूहिक बलात्कार, तीन पक्राउ
पोखरामा लागु औषधसहित एक महिला पक्राउ
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग