पूर्वयुवराज पारस शाह अहिले गैंडाकोटमा छन् । उनी गैंडाकोटस्थित नारायणी सफारी होटलमा बसेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणासँगै चितवन गएका उनी फर्केका छैनन् । तर, पूर्वराजा शाह र कोमल भने काठमाडौँ फर्किसकेका छन् ।
गैंडाकोटमा रहेका पारसले गत बुधबार चितवनको भरतपुरस्थित सनराइज बोर्डिङ्गका विद्यार्थी बोकेको बसका चालकलाई ‘पेस्तोल ताकेको’ भन्दै सामाजिक संजालमा आलोचना भएको छ । सामाजिक संजाल प्रयोगकर्ता अनिल अधिकारीले त्यसबारे पोष्ट गरेर घटना अनुसन्धान गर्न आग्रह गरेका छन् ।

भरतपुर–८ मा पर्ने गौरीगञ्ज सल्यनी रुटमा विद्यार्थी ओरालेर गाडी मोड्न खोज्दा पारसले पछाडिबाट हर्न बजाएको र मोड्न ढिला भएपछि गाडिबाट ओर्लिएर पेस्तोल ताकेको सामाजिक संजाल प्रयोगकर्ताले दाबी गरेका छन् । तर, प्रहरीले सो घटना आफ्नो नोटिसमा नभएको जानकारी दिएको छ ।
चितवनका एसपी भावेश रिमालले घटनाबारे जानकारी नभएको बताए । ‘घटना हाम्रो नोटिसमा छैन ।’ ‘११ गते पूर्वराजारानीसहित १८ जनाको टोली काठमाडौं फर्किएको जानकारी छ तर त्यसबाहेक कुनै आधिकारिक जानकारी प्रहरीसँग छैन ।’: प्रहरी भन्छ ।
बागमती प्रदेशका डीआईजी विष्णु केसीले पनि सो घटना प्रहरीको जानकारीमा नभएको बताएका छन् ।
सम्बन्धित खबर
भोटेकोशी बाढीपीडितका लागि बागमती प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको तलब सहयोग
जेनजी आन्दोलनमा प्रहरीलाई आमाबारे सोच भन्ने व्यक्तिले नै गरे आमाको हत्या
गएरातिदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा
गल्छीमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
धादिङको त्रिपुरासुन्दरीबासीका लागि पोखरामै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सुविधा
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन