पोखरा । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । हिजो साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा भएको सेमिफाइनलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।
खेलको ३८ औं मिनेटमा नेपालकी डिफेन्डर पूजा रानाले आत्मघाती गोल गरेपछि लेबनानले अग्रता लिएको थियो ।
७५ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याए । दोस्रो हाफको अतिरिक्त समयमा प्रीति राईले गोल गर्दै नेपाललाई २–१ गोल अन्तरले जित दिलाएकी थिइन् ।
नेपालले अब भोलि हुने फाइनलमा उपाधिका लागि साविक विजेता जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ ।
जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो । नेपाल समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो ।
सम्बन्धित खबर
शिक्षकहरु लक्षित ह्याण्डबलको ५ दिने प्रशिक्षक/प्रशिक्षण सम्पन्न
जिभिपि युके लण्डनले जित्यो क्लब स्तरीय भलिबलको उपाधि
पोखरा साइकल दौडमा प्रकाश र उषा च्याम्पियन
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
जनकल्याण पोखरा–११ क्लबस्तरीय भलिबलको फाइनल प्रवेश
वैदेशिक सहयोगप्रति मञ्चद्वारा आभार व्यक्त
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग