पोखरा । पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।
सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विशन पहारी र सञ्जय बुढाथोकीको सयुक्त आयोजनामा आगामी चैत ७ गतेदेखि ९ गतेसम्म कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको हो ।
बिक्कु गिरीका बुवा स्वर्गीय कृष्ण गिरी पूर्व फुटबल रेफ्री रहेकाले उनको सम्झनामा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको खेल संयोजक विशन पहारीले बताए । ‘स्वर्गीय कृष्ण गिरी पहिले फुटबल रेफ्री हुनुहुन्थ्यो । उहाँको फुटबल विकासमा योगदान छ । त्यतिमात्र नभएर विभिन्न सामाजिक संघ संस्थामा पनि सक्रिय हुनुहुन्थ्यो । त्यसैले हामीले उहाँको सम्मान र सम्झनामा भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्न लागेका हौं,’ खेल संयोजक पहारीले भने ।
उनका अनुसार सो प्रतियोगिताको विजेतालाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद रु ५/५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने अनुशासित टिमले ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगितामा सहभागि हुनका लागि कम्तिमा ३५ वर्ष उमेर पूरा हुुनुपर्ने खेल संयोजक पहारीले जानकारी दिए । उनका अुनसार प्रतियोगितामा सहभागिता जनाउनका लागि ७ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । टिम दर्ता फोनबाटसमेत (९८१६६९९९९२, ९८१५१८२९२१, ९८४३३९२९३६) गर्न सकिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?