आफन्तको विवाहमा जाँदै गरेकाे गाडी धनकुटाको चुङमाङ्गमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने १५ घाइते भएका छन् ।
घाइते भएकामध्ये ४ जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन्ट अमिताब ठाकुरले जानकारी दिए ।
अन्यको जिल्ला अस्पताल धनकुटामै उपचार भइरहेको छ । हिलेबाट चुङमाङ्ग जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप गाडी पाख्रिवास नगरपालिका वडा नम्बर १० चुङमाङ्गमा भारती मावि छेउमा दिउँसो करिब ३ बजे दुर्घटनामा परेको थियो । गाडीमा १७ जना सवार रहेको थिए ।
अधिकांश घाइते आफन्तको विवाहमा जाँदै गरेका पाहुना रहेका छन् । मृतक बालिकाकाे नाम खुलेको छैन । घाइते हुनेमा नेत्र कार्की, इन्द्रकुमारी राई, लक्ष्मी राई, जया राई, देवी बराल खत्री, सुनिता खत्रीलगायत रहेका छन् । स्थानीयवासी र नजिकै रहेको विद्यालयका शिक्षक विद्यार्थीले घाइतेको उद्धार गरेका थिए ।
क्षमता भन्दा बढी यात्रु बोकेको गाडीको चक्का पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटना बारे थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ