पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले अन्तर प्रदेश राष्ट्रिय खेलकुदकोे तयारी सुरु गरेको छ ।
प्रदेश खेलकुद विकास परिषद बागमतीको आयोजना हुने उक्त प्रतियोगिताको लागि परिषदले विभिन्न खेलका प्रदेश संघका अध्यक्षहरु संग बैठक बसी तयारी सुरु गरेको हो । प्रतियोगिता अन्तर्गत ९ खेल समावेश भए पनि तयारी बैठकमा गण्डकी प्रदेश भलिबल संघ अनुपस्थित रहेको परिषदले जनाएको छ ।
बागमती प्रदेशस्तरीय प्रतियोगिता यहि चैत्र २ गतेबाट औपचारिक रुपमा सुरु हुने भए पनि केही खेलहरु त्यस अगावै सञ्चालन हुने सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत महिलारपुरुष फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, व्याडमिन्टन, एथलेटिक्स, कराँते, तेक्वान्दो, भलिबल, पौडीखेलहरु सञ्चालन हुनेछन् ।
सम्पन्न बैठकले महिला फुटबलको २१ देखि चैत्र १ गते सम्म नवलपुरमा प्रशिक्षण हुने छ भने पुरुष फुटबल, तेक्वान्दो, एथलेटिक्स, पौडी, ब्याडमिन्टनको छनौट खेलहहरु यहि फागुन २६ र २७ गते पोखरामा तथा कराँतेको सोही मितिमा पर्वतमा छनौट खेल आयोजना गर्ने गरी निर्णय गरेको छ । त्यसै गरी महिला क्रिकेट छनौट फागुन २६ देखि २८ गते सम्म पोखरामा हुनेछ भने बक्सिङको छनौट खेल २३ र २४ गते पोखरामा हुने भएको छ ।
यसै गरी ति खेलका बन्द प्रशिक्षणका लागि विभिन्न स्थान समेत तोकिएको परिषदले जनाएको छ । जस अनुसार तेक्वान्दो, कराँतेको बन्द प्रशिक्षण नवलपुरमा हुनेछ भने फुटबल, बक्सिङ, क्रिकेट, पौडी, र भलिबलको बन्द प्रशिक्षण पोखरामा सञ्चालन हुने भएका छन् ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य ऋषीराम गौतम, परिषदका सदस्य गिरमान गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल लगायत विभिन्न ८ खेलका अध्यक्षहरुको समेतको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने