फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, थ्रेड लगायत मेटाका एपहरुमा समस्या आएको छ । ती एप्लीकेशनहरु अचानक बन्द वा लग आउट भएका छन् । बुधबार साँझ ९ बजेपछि लगइनमा समस्या देखिएको हो ।
प्रयोगकर्ताहरुले एकाएक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् ।
विश्वभरका प्रयोगकर्ताहरुले यस्तो समस्या देखिएको बताइरहेका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही बताइसकेको छैन ।
कतिपय प्रयोगकर्ताहरु आफ्ना फेसबुक लगायतका सामाजिक सञ्जाल ह्याक भएको हुनसक्ने भन्दै आत्तिएपनि यस्तो समस्या व्यापक रुपमा देखिएको हो ।
फेसबुकका साथसाथै मेटाका अन्य प्लेटफर्महरु इन्स्टाग्राम र मेसेन्जर डाउन भएको इन्टरनेट डाउन भएको रेकर्ड राख्ने वेबसाइट डाउनडिटेक्टरले उल्लेख गरेको छ।
यो समस्या हाल विश्वभर भएको देखिएको छ।
अधिकांशले लगइनमा समस्या भोगेका छन भने बाँकीले एप र वेबसाइटमा समस्या आएको बताएका छन्। प्रयोगकर्ताहरुले स्वचालितरुपमा लग आउट भएको बताएका छन्।
सम्बन्धित खबर
बेलायतमा ‘प्रकट’ र ‘पारिजात’ को स्मरण
ब्राजिलमा बाढीका कारण ७५ जनाको मृत्यु, १०३ जना बेपत्ता
डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा
अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी हेर्न सकिन्छ
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग