प्रतिनिधिसभामा १० सिट रहेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फकाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि पुगेका छन्।
भर्खरै सत्ताबाट गलहल्याइएका देउवा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई ओली-दाहाल नेतृत्वको सत्ता गठबन्धनलाई असहयोग गर्नका लागि फकाउन बिहानबिहानै उनको घर कोटेश्वर पुगेका हुन्।
देउवा पत्नी आरजु र नेता रमेश लेखकसहित देउवा नेपाललाई भेट्न गएका हुन् । राजनीतिक समीकरण बदलिएको बेलामा सभापति देउवा र नेपालबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
तर, नेपाललाई ओली-दाहालको प्रस्ताव नै मन परिसकेको स्रोतले दाबी गरेको छ। सत्ता गठबन्धनमा मिसिन अन्तिम निर्णयका लागि नेकपा समाजवादीको बैठक अहिले केहीबेरमा बस्दै छ भने त्योभन्दा अघि नै पार्टीका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री दाहालसँग भेट गर्न बालुवाटार पुगेका छन्।
देउवासहितको गठबन्धनमा सोमबार गएको पहिरोले अचानक कांग्रेसलाई विपक्षी कित्तामा हुर्याइदिएको छ भने नेकपा एमाले सत्ता पक्षीय बनिसकेको छ। केन्द्रको नयाँ सत्ता समीकरण अनुसार प्रदेश सरकारमा पनि सरकार परिवर्तनको प्रयास भइरहे पनि कतिपय प्रदेशमा एकीकृत समाजवादी निर्णायक देखिएको छ ।
सत्ता गठबन्धनका सर्तहरुबारे छलफल गर्न नेता खनाल प्रधानमन्त्रीसँग कुरा गर्न बालुवाटारमा पुगेका छन्। बिहान ११ बजे पार्टीको सचिवालय बैठक बस्दैछ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई औपचारिक रुपमा सत्ता गठबन्धनमा आउन आग्रह गरेका थिए। ओली र दाहालको आग्रहलाई नेपालले सकारात्मक रुपमा लिएको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन्।
बैठकका क्रममा नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक भएको ओलीसँग नेपाल निवास पुगेका एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।
बैठकमा उपस्थित नेकपा एमालेका महासचिव पोखरेलले आफूहरुले नेपाललाई सत्ता गठबन्धनमा आउन आग्रह गरेको र नेपाल सकारात्मक रहेको बताए। उनले यद्यपि नेकपा (एकीकृत समाजवादी) को बुधबारको बैठकबाट टुंगो गर्ने बताइएको पनि स्पष्ट पारे।
उनले भने, ‘हामीले उहाँलाई अनुरोध गरेका छौँ। भोलि बैठक बसेर जवाफ दिनुहुने भन्नुभएको छ। सकारात्मक छ। यो प्रक्रियामा सहमत सबै पक्षलाई भनेका छौँ।’
बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले आफू नेपाललाई स्वास्थ्यलाभको कामना गर्न आएको बताए।
एमाले, माओवादी, रास्वपासहितको नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले विभिन्न दलका नेताहरुसँगको भेटघाट बढाएका छन्।
सम्बन्धित खबर
दक्षिण एसियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २७ औं स्मृति दिवस, लोकप्रिय मात्र होइन, आमजनताको प्रधानमन्त्री
अव्यवस्थित बस्ती हटाउन ऐतिहासिक सफलता, सुकुम्बासी भन्दा हुकुमवासी बढी हुँदा सहज
संघीय निजामती सेवा ऐन नियमित प्रक्रियाबाटै आउने
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती
सुकुम्बासी बस्तीमा डोजर चल्दै, बस्ती खाली गर्न प्रहरीको माइकिङ
उद्योगी शेखर गोल्छा पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती