पोखरा । कास्की प्रहरीले १२ वर्ष कैद सजाय भएका ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका– २० लामाडाँडा बस्ने बर्ष ३० का डिल बहादुर गुरुङ भन्ने प्रिमस बहादुर गुरुङ रहेका छन् ।
कास्की जिल्ला अदालतको गत मंसिर ७ गतेको फैसलाले ज्यान सम्बन्धी कसूर मुद्दामा १२ वर्ष ४ महिना १३ दिन कैद सजाय र एक लाख २५ हजार जरिवाना फैसला गरेदेखि गुरुङ फरार रहेका थिए ।
गुरुङलाई आज बुधबार जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका –११ काँहुखोलाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङलाई कास्की जिल्ला अदालतमा आवश्यक कारबाहीको लागि बुझाइएको जनाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
मदन–आश्रितको सम्झनाः पोखराको स्मृति पार्कमा माल्यार्पणसँगै सरसफाई, जबजको विशेषताबारे विवेचना
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान गर्न प्रोत्साहन प्याकेज
पोखरामा खुकुरी प्रहार गरी फरार भएका २ जना पक्राउ
पोखरामा लागुऔषध गाँजा सहित एक जना पक्राउ
सार्दीखोला पोखरा सम्पर्क समितिको अध्यक्षमा बम बहादुर
फेवातालकाे मापदण्ड विरुद्ध सर्वाेच्च जाने होटल व्यवसायीकाे तयारी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग