पोखरा । “महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी” भन्ने मूल नारासहित पोखरामा लैङ्गिकताको सवालमा मिडियाको भूमिका विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ ।
११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ कास्की, सञ्चारिका समूह गण्डकी, इन्सेक गण्डकी, महिला मानव अधिकार रक्षक संजाल कास्कीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख विनाकुमारी थापाले महिलाहरुलाई लिएर पछिल्लो समय अधिकार धेरै भएको भन्नेजस्ता नकारात्मक टिप्पणीहरु आउन थालेको बताउँदै महिला अधिकारको प्रभावकारी कार्यन्वयन हुन नसकेको बताईन् । उनले महिला अधिकार संरक्षण, हिंसा नियन्त्रण र कानुन कार्यन्वयनमा सञ्चारकर्मीहरुले महत्वपूर्ण भुमिका खेल्नुपर्ने उल्लेख गरिन् ।
यस्तै, प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले महिलाहरु समाचार हेडलाइनबाट समेत हिंसामा पर्ने गरेको बताईन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले विस्तारै महिलाहरु नेतृत्व तहमा आउने क्रम बढीरहेपनि त्यो पर्याप्त नभएको बताईन् । उनले नेतृत्वकर्ताले विपन्न सम्पन्न, सवल दुर्वल सबैलाई समेटेर अघि बढ्न प्रेरणा दिनुपर्ने बताईन् ।
कार्यक्रममा ईन्सेक कार्यक्रम अधिकृत सबनम शर्माले गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्कीमा सबैभन्दा धेरै मानवअधिकार हनन् तथा ज्यादतीका घटना हुने गरेको बताईन् ।
सञ्चारिका समूह गण्डकीका अध्यक्ष कविता श्रेष्ठले महिलाका मुद्दा राष्ट्रिय मुद्दा भएकोले यसप्रति हरेक निकायले सजगता अपनाउनुपर्ने बताईन् । साथै उनले समता र समावेशिताको अवधारणालाई कार्यान्वयन पोखरा स्थित सम्पुर्ण सञ्चार गृहलाई आग्रह गरिन् ।
कार्यक्रममा नेपाल प्रेस काउन्सिलका सदस्य भण्डारीले समाचारमा लैङ्गिक संवेदनशीलताका विषयलाई कसरी सम्प्रेषण गर्ने र यसले कस्तो प्रभाव पार्छ ? भन्ने विषयमा सहजीकरण गरेका थिए भने इन्सेक गण्डकीका कार्यक्रम अधिकृत शर्माले गण्डकी प्रदेशमा मानव अधिकारको चुनौति र सवालका बारेमा सहजिकरण गरेकी थिईन् ।
सञ्चारिका समुह गण्डकीका सचिव कविता घर्तीमगरले सञ्चालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सिना पंगेनी, पत्रकार महासंघका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना र जमुना वर्षा शर्मा, महासंघका सहसचिव श्रीराम सिग्देल, फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीषमगर, प्रेस युनियन कास्कीका उपाध्यक्ष ज्योति हमाल, नेवा मिसा पुचः कास्कीकी अध्यक्ष अनिशा श्रेष्ठलगायत कास्कीमा रहेका विभिन्न सञ्चारमाध्ययममा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’