पाेखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन ३ दिन चलेर अन्त्य भएको छ ।
गण्डकी प्रदेश मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्न बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो ।
शुक्रबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना संसद सचिवालयलाई पठाएको संसद सचिवालयका सूचना अधिकारी प्रेम अधिकारीले जानकारी दिए ।
फागुन १६ गतेदेखि सुरु भएको गण्डकीको हिउँदे अधिवेशनमा २० र २१ गते पनि बैठक बसेको थियो ।
आमसञ्चार विधेयक र बिउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै अधिवेशन पनि अन्त्य भएको हो ।
प्राइभेट फर्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्न बनेको विधेयक छलफलका लागि पेश भएको थियो ।
सत्ताको रस्साकस्सीबीच अधिवेशन अन्त्य गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रदेश मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मंगलबार २ जना माओवादी मन्त्रीलाई बर्खास्त गरेका थिए भने माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । गण्डकीमा कांग्रेसका २७ सांसद छन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’