पोखरा । पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ पर्वत र बनौ बास्केटबल टिम सेमीफाइनल प्रवेश गरेको छ ।
रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा भएको पहिलो क्वार्टरफाइनल खेलमा पर्वतले क्याङ बास्केटबल टिमलाई ४७–३७ स्कोरले हराउँदै सेमीफाइनल प्रवेश गरेको हो । दोस्रो सेमीमा बनौले ताङतिङलाई ६७–३८ स्कोरले पराजित गरेको क्लबका सदस्य राजेन्द्र पुनले जानकारी दिए ।
बिहीबार नै भएको क्वार्टरफाइनल खेलमा पर्वत, ताङतिङ, बनौ र नदीपुर विजयी भएका थिए । तेस्रो दिनको पहिलो खेलमा पर्वत बास्केटबल टिमले बौद्धलाई ६६–५६ ले हरायो । ताङतिङले काठमाडौंको बलर्स एकेडेमीलाई ४९–४२ स्कोरले पराजित गर्यो ।
अर्को खेलमा मर्दीखोला ओरेन्जलाई बनौले ६५–३४ ले जित्यो । अन्तिम क्वार्टरफाइनल खेलमा नदीपुरले गलेश्वरलाई ६७–३३ ले पाखा लगायो । मर्दीखोल मरुन र नागीबिचको खेल वर्षाका कारण हुन नसकेको उनले जानकारी दिए ।
फागुन २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पुरुष, महिला र भेट्रान्स गरी ३ विधामा सञ्चालन भइरहेको संयोजक रनसिंह गर्बुजाले जानकारी दिए । जसअन्तर्गत भेट्रान्सतर्फ ६, पुरुषतर्फ १९ र महिलातर्फ ७ टिमको सहभागिता रहेको उनले बताए ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए । द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वितियले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुर्जाले जानकारी दिए । महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले सुनाए ।
सम्बन्धित खबर
शिक्षकहरु लक्षित ह्याण्डबलको ५ दिने प्रशिक्षक/प्रशिक्षण सम्पन्न
जिभिपि युके लण्डनले जित्यो क्लब स्तरीय भलिबलको उपाधि
पोखरा साइकल दौडमा प्रकाश र उषा च्याम्पियन
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
जनकल्याण पोखरा–११ क्लबस्तरीय भलिबलको फाइनल प्रवेश
वैदेशिक सहयोगप्रति मञ्चद्वारा आभार व्यक्त
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग