पोखरा । पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ मर्दीखोला र बनौ बास्केटबल टिम फाइनल प्रवेश गरेको छ ।
रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा मर्दीखोलाले पर्वत बास्केटबल टिमलाई ५३–४५ स्कोरले हराउँदै फाइनल प्रवेश गरेको हो । दोस्रो सेमीमा बनौले स्वाँतलाई ६४–५१ स्कोरले पराजित गर्दै फाइनलमा मर्दीखोलासँगको भेट पक्का गरेको क्लब सदस्य राजेन्द्र पुनले जानकारी दिए ।
महिलातर्फ अन्नपूर्ण गाउँपालिका र अमिचि क्याफे फाइनल पुगेको छ । अन्नपूर्णले पृथ्वीनारायण क्याम्पसलाई १२–४ को स्कोरमा हराएको क्लब सदस्य पुनले जानकारी दिए । दोस्रो सेमिफाइनलमा अमिचिले म्याग्दी बास्केटबल क्लबलाई १३–९ ले पराजित गर्दै फाइनल खेल्ने भएको हो ।
भेट्रान्सतर्फ एक्स एबिसी फाइनल प्रवेश गरेको छ । एबिसीले सात गाउँ पुन मगर समाजलाई ४८–४१ को स्कोरले हराएको हो । कास्की र लामाचौर बिचको दोस्रो सेमीफाइनल समय अभावका कारण हुन नसकेको उनले जानकारी दिए । यो खेल शनिबार बिहान खेलाइने उनले बताए ।
यसअघि भएको पुरुषतर्फको क्वार्टरफाइनल खेलमा मर्दीखोलाले नागीलाई ६५–५७ ले पराजित गरेको थियो । अन्तिम क्वार्टरफाइनल खेलमा स्वाँतले नदिपुर बास्केटबल क्लबलाई ७०–६४ ले हराएको उनले बताए ।
फागुन २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पुरुष, महिला र भेट्रान्स गरी ३ विधामा सञ्चालन भइरहेको संयोजक रनसिंह गर्बुजाले जानकारी दिए । सबै विधाको फाइनल खेल शनिबार हुने उनले बताए ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए । द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वितियले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुर्जाले जानकारी दिए ।
महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले सुनाए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो