पोखरा । पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ मर्दीखोला र बनौ बास्केटबल टिम फाइनल प्रवेश गरेको छ ।
रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा मर्दीखोलाले पर्वत बास्केटबल टिमलाई ५३–४५ स्कोरले हराउँदै फाइनल प्रवेश गरेको हो । दोस्रो सेमीमा बनौले स्वाँतलाई ६४–५१ स्कोरले पराजित गर्दै फाइनलमा मर्दीखोलासँगको भेट पक्का गरेको क्लब सदस्य राजेन्द्र पुनले जानकारी दिए ।
महिलातर्फ अन्नपूर्ण गाउँपालिका र अमिचि क्याफे फाइनल पुगेको छ । अन्नपूर्णले पृथ्वीनारायण क्याम्पसलाई १२–४ को स्कोरमा हराएको क्लब सदस्य पुनले जानकारी दिए । दोस्रो सेमिफाइनलमा अमिचिले म्याग्दी बास्केटबल क्लबलाई १३–९ ले पराजित गर्दै फाइनल खेल्ने भएको हो ।
भेट्रान्सतर्फ एक्स एबिसी फाइनल प्रवेश गरेको छ । एबिसीले सात गाउँ पुन मगर समाजलाई ४८–४१ को स्कोरले हराएको हो । कास्की र लामाचौर बिचको दोस्रो सेमीफाइनल समय अभावका कारण हुन नसकेको उनले जानकारी दिए । यो खेल शनिबार बिहान खेलाइने उनले बताए ।
यसअघि भएको पुरुषतर्फको क्वार्टरफाइनल खेलमा मर्दीखोलाले नागीलाई ६५–५७ ले पराजित गरेको थियो । अन्तिम क्वार्टरफाइनल खेलमा स्वाँतले नदिपुर बास्केटबल क्लबलाई ७०–६४ ले हराएको उनले बताए ।
फागुन २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पुरुष, महिला र भेट्रान्स गरी ३ विधामा सञ्चालन भइरहेको संयोजक रनसिंह गर्बुजाले जानकारी दिए । सबै विधाको फाइनल खेल शनिबार हुने उनले बताए ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए । द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वितियले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुर्जाले जानकारी दिए ।
महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले सुनाए ।
सम्बन्धित खबर
शिक्षकहरु लक्षित ह्याण्डबलको ५ दिने प्रशिक्षक/प्रशिक्षण सम्पन्न
जिभिपि युके लण्डनले जित्यो क्लब स्तरीय भलिबलको उपाधि
पोखरा साइकल दौडमा प्रकाश र उषा च्याम्पियन
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
जनकल्याण पोखरा–११ क्लबस्तरीय भलिबलको फाइनल प्रवेश
वैदेशिक सहयोगप्रति मञ्चद्वारा आभार व्यक्त
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग