पोखरा । पुन एकता क्लब नदिपुर, पोखराको आयोजनामा भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ पर्वतको बनौं बास्केटबल टिम च्याम्पियन बनेको छ ।
रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा शनिबार भएको फाइनल खेलमा कास्कीको मर्दीखोला बास्केटबल टिमलाई ७७–६७ स्कोरले हराउँदै बनौंले उपाधि रक्षा गरेको हो । उपाधि जितेको बनौंले १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्राप्त गर्यो ।
उपविजेता बनेको मर्दीखोलाले द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र पायो ।
महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले उपाधि जितेको छ । शनिबार नै भएको फाइनलमा अमिचि क्याफेलाई ९–७ स्कोरले पराजित गर्दै अन्नपूर्ण च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको अन्नपूर्णले २० हजार र उपविजेता अमिचिले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
भेट्रान्सतर्फ लामाचौरले एक्स एबिसीलाई ५४–४० स्कोरले जित्दै प्रथम भयो । उपाधि जितेको लामाचौरले ३५ हजार र द्वितिय भएको एबिसीले ले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्यो ।
प्रतियागितामा पुरुषतर्फ बनौंका पुस्कल छन्त्याल, महिलातर्फ अन्नपूर्णकी कुसुम गुरुङ र भेट्रान्सतर्फ लामाचौर गमप्रसाद पुर्जा सर्वोत्कृष्ट चुनिए । उनीहरुलनई ट्रफि र मेडल प्रदान गरिएको थियो ।
विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङ, कास्की जिल्ला बास्केटल बल संघका अध्यक्ष कृष्ण गुरुङ, प्रतियोगिता संयोजक तथा कर्पाकेली परिवारका अध्यक्ष क्याप्टेन रनसिंह गर्बुजा, क्लबका अध्यक्ष अध्यक्ष सुदिप पुर्जा लगायतले पुरस्कार वितरण गरेका थिए ।
फाइनल अघि समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले प्रतियोगिताले आगामी वर्ष हुने दशौं राष्ट्रिय खेलकुदमा खेलाडी उत्पादनमा सघाउन पुग्ने बताए । यसको अलवा युवाहरुको क्षमता विकासम यसले टेवा पुग्ने उनले सुनाए । आगामी दिनमा यसलाई निरन्तरता दिदैं गए आफ्नो तर्फबाट धेरथोर सहयोग गर्ने उनले प्रतिद्धता पनि जनाए ।
कास्की जिल्ला बास्केटल बल संघका अध्यक्ष कृष्ण गुरुङले प्रतियोगिताले बास्केटबल खेलको विकासमा ठूलो टेवा पुग्ने बताए । खेल संयोजक क्याप्टेन रनसिंह गर्बुजाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।
फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रतियोगिता पुरुष, महिला र भेट्रान्स गरी ३ विधामा सञ्चालन गरिएको अध्यक्ष सुदीप पुर्जाले जानकारी दिए । जसअन्तर्गत पुरुषतर्फ १९, महिलातर्फ ७ र भेट्रान्सतर्फ ६ टिमको सहभागिता रहेको उनले बताए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो