अध्यागमन विभागका पूर्व महानिर्देशक सहसचिव झलकराम अधिकारी विभागीय कारबाहीका लागि सिफारिसमा परेका छन् ।
सुन तस्करीको प्रकरणको छानबिन गर्न गठित उच्च्स्तरीय छानबिन आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदै अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको हो । सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरेको हो । दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो ।
६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको छ ।
पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । छानबिन समितिले अधिकारीसहित पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी किरण बज्राचार्यलगायतमाथि पनि कारबाहीको सिफारिस गरेको छ ।
झलकराम २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक थिए । त्योभन्दा अघि राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा उनी कार्यरत थिए। ठूला करदाता कार्यालयको जिम्मेवारी समेत सम्हालेका अधिकारीसँग धेरै क्षेत्रमा काम गरेको अनुभव छ।
राजश्वमा रहँदा पनि पदको दुरुपयोग गरी करोडौं असुली गरेकाे आरोप उनीमाथि लागेकाे थियाे । २०७९ असार १ गते महानिर्देशकको रूपमा नियुक्त भएका अधिकारीको कार्यकालमा छोटो समयमा फुर्तिलो टिम बनाएर देशभरिबाट करोडौं रुपैयाँ व्यापारीहरुबाट असुलेको त्यहाँका कर्मचारीहरुले नै बताउने गरेकाे थियाे ।
अधिकारीले साढे चार महिना महानिर्देशकको रूपमा राजस्व अनुसन्धान विभागको जिम्मेवारी समाल्न पाएका थिए । उनले २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म साढे चार महिना विभागको महानिर्देशककाे जिम्मेवारी सम्हालेका थिए ।
अधिकारीले पोखरा महानगरपालिका कार्यालयको प्रमुख कार्यकारी अधिकृतका रुपमा नेतृत्व पनि गरेका थिए ।
सम्बन्धित खबर
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो