पोखरा । घुमफिर, मनोरञ्जन र धार्मिक कार्यमा संलग्न हुन पाउँदा आनन्द लाग्ने गरेको एक कार्यक्रममा सहभागि जेष्ठनागरिकहरुले बताएका छन् । जेष्ठ नागरिक मैत्री खेलकूद प्रतियोगिताका सहभागिहरुले एक आपसमा खुशी बाढ्दै उक्त प्रतिकृया दिएका हुन् ।
जेष्ठ नागरिक मञ्च पोखरा १७ द्धारा आयोजित एवम् महानगर वडास्तरीय आर्थिक सहयोगबाट सञ्चालन भएको विभिन्न प्रतियोगितामा जेष्ठ नागरिक महिला तथा पुरुषहरुको सकृय सहभागिता रहेको थियो ।
प्रतियोगिताको म्यूजिकल चियर महिलातर्पm सारदा पराजुली, भविमाया परियार बसुन्धरा शर्मा र पुरुषतर्पm डण्डपानी भण्डारी, टोपराज ढुङ्गाना, र टुकप्रसाद पौडेल क्रमश प्रथम द्धितीय र तृतीय भएका थिए ।
यसैगरी चम्चादौडमा गंगा थापा, विष्णु भट्टराई र कृष्णप्रसाद पौडेल, कपहेडमा दण्डपाणी भण्डारी, कृष्णप्रसाद पौडेल र ज्ञानु सुवेदी तथा घैटो फोर्ने प्रतियोगितामा महाप्रसाद सुवेदी, शान्तिमाया मानन्धर र सावित्री खवास प्रथम द्वितीय र तृतीय भई पुरस्कृत भएका थिए । विजयी खेलाडिहरुलाई तीन, दुई र एक हजार नगद सहित खाँदाले सम्मान गरिएको थियो ।
प्रतियोगिताका विजयी आमा बुबालाई नगद पुरस्कार वितरण गर्दै पोखरा १७ का कार्यवाहक वडाअध्यक्ष विक्रम गुरुङले खेलकूदमार्फत समाजका जेष्ठ नागरिकलाई मनोरञ्जन प्रदान गर्न सफल भएको बताए ।
जेष्ठ नागरिक मञ्च १७ का अध्यक्ष टोपराज ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य विष्णुमाया थापा, सञ्चारकर्मी हरि बास्तोला, महाप्रसाद सुवेदी, शिशु निकेतन माविका प्राचार्य नरेन थापा, पूर्वशिक्षक ध्रुव अधिकारी, धर्मराज तिमिल्सिना, मञ्चका उपाध्यक्ष विष्णुमाया बास्तोला लगायतले जेष्ठ नागरिक र खेलकूद प्रतियोगिताका बारेमा चर्चा गरेका थिए ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो