काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पद र पैसाको लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिको महारोग भएको टिप्पणी गरेका छन् ।
विकृतिको केन्द्र सत्ता भएको बताउँदै नेता न्यौपानेले लाभको पदमा गएर वा लामो समयसम्म एउटै पदमा बसेपछि विकृति झाँगिएको बताए ।
पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराप्रति लक्षित गर्दै उनले ‘सपना र वदिलानबाट आएको माओवादी पनि उहीँ ड्याङको मुला’ भएको टिप्पणी गरे ।
आफूले सर्वसाधारणको भनाइलाई जस्ताको तस्तै पार्टीभित्र र बाहिर राख्दै आएकोले नै प्रचण्डविरोधीको ट्याग पाएको उनी बताउँछन् ।
न्यौपानेले आफूले सत्य कुरा राख्न जिल्लाहरु जान नदिनेगरी अवरोध गर्ने र कुनै कार्यक्रममा जाँदा कसले बोलायो यसलाई भनेर आयोजकलाई झपार्ने गरेको सुनेको बताए ।
न्यौपानेको स्टाटस-
तोरीलाउरे माओवादीका नाममा-
विकृतिको केन्द्र सत्ता हो, चाहे हिजोको नयाँ सत्ता होस् चाहे हिजो हामीले भन्ने गरेको आजको पुरानो सत्ता होस् । जोजो पटकपटक लाभको पदमा गए वा लामो समयसम्म एउटै पदमा बसे, विकृति झ्याङ्गिएको त्यहीँ छ । पद र पैसाको लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिको महारोग हो, यसमा त्यत्रो सपना र वदिलानबाट आएको माओवादी पनि उहीँ ड्याङको मुला भन्ने सर्वसाधारणको भनाइलाई जस्ताको तस्तै पार्टीभित्र र बाहिर राख्दै आएको हो निरन्तर । यसकारण मलाई प्रचण्ड विरोधी भनेर आरोप लगाउने गरिएको छ । जिल्लाहरु जान नदिनेगरी अवरोध गर्ने र कुनै कार्यक्रममा जादा कसले बोलायो यसलाई रु भनेर आयोजकलाई झपार्ने गरेको सुनेको छु, जसले आफुलाई प्रचण्डको खास मान्छे भन्दै शासन चलाएका छन् । ती तोरीलाउरेहरुले आजभोलि के सोच्दै होलान् १रु दुस्ख लाग्छ, यस्ताहरुले माओवादी आन्दोलनको नेत्तृत्व गरेपछि हुने यस्तै हो ।
सम्बन्धित खबर
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णय
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?