पोखराको काहुँडाँडामा सोमबार साँझदेखि लागेकाे भीषण डढेलो कम भएर बस्तीमा जोखिम टरेको छ । तत्काललाई मानवीय बस्तीबाट जोखिम टरे पनि पूर्णरुपमा आगो नियन्त्रणमा आइसकेको छैन ।
स्थानीयका अनुसार १, २ दिन अगाडि देखि नै काहुँडाँडाँका झाडीहरूमा आगो लागिरहेको थियो तर सोमबार एकाएक भीषण रुप लिएको हो । पोखराको मणिपाल शिक्षण अस्पताल नजिकैसम्म डढेलो फैलिएको थियो ।
पोखराको मुख्य बजारबाटै भीषण रुपममा देखिएको डढेलो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको प्रयासले पनि नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।
बस्तीनजिक आगो आइपुगेपछि मानिसहरु जागै बसिरहेका थिए भने पोखरा बजारबाट आगो नियन्त्रण गर्न अन्य नागरिक पनि पुगेका थिए । बस्तीमा आगो आउन नदिन अग्नीरेखा बनाइएको थियो ।
स्थानीय भरत आचार्यका अनुसार आगोबाट बस्ती जोगिए पनि बन्यजन्तु र चराचुरुंगीमा भने ठूलो नोक्सानी पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार डढेलो नियन्त्रणमा २ वटा दमकलसहित ठूलो संख्यामा प्रहरी, सशत्र, नेपाली सेना परिचालन भएका थिए तर सबै ठाउँमा दमकल पनि नजाने भएकाले समयमै आगो नियन्त्रण गर्न अप्ठेरो परेको हो ।
लामो समयदेखि पानी नपरेर खडेरी परेकाले पनि आगोले भीषण रुप लिएको थियो ।
सहर नजिक र बस्ती पनि नभएकाले काहुँडाँडामा लागुऔषध प्रयोगकर्ताहरुको थलो बनिरहेको छ र त्यही क्रममा आगो सल्किएको हुनसक्ने अनुमान स्थानीयको छ । तर, प्रहरीले भने कारणकाके खोजी गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
पोखरा वडा नं. १५ द्वारा ‘खेल्छ गण्डकी’का प्रशिक्षार्थी टेनिस खेलाडीलाई सहयोग
नेपाल ज्योतिष परिषद् कास्की अध्यक्षमा रामजी निर्वाचन
पाखुरीकोट गुरुङ समाजका गतिविधि अब पाखुरीकोट दर्पणमा
यूनाइटेड क्लब पोखराद्वारा बाग्लुङका अग्निपिडितलाई आर्थिक सहयोग
जलकुम्भी झार निकाल्न ४० जनालाई रोजगारी
पोखरा २५ मा वडा नागरिक आरोग्य कार्यक्रम शुभारम्भ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग