पोखराको काहुँडाँडामा सोमबार साँझदेखि लागेकाे भीषण डढेलो कम भएर बस्तीमा जोखिम टरेको छ । तत्काललाई मानवीय बस्तीबाट जोखिम टरे पनि पूर्णरुपमा आगो नियन्त्रणमा आइसकेको छैन ।
स्थानीयका अनुसार १, २ दिन अगाडि देखि नै काहुँडाँडाँका झाडीहरूमा आगो लागिरहेको थियो तर सोमबार एकाएक भीषण रुप लिएको हो । पोखराको मणिपाल शिक्षण अस्पताल नजिकैसम्म डढेलो फैलिएको थियो ।
पोखराको मुख्य बजारबाटै भीषण रुपममा देखिएको डढेलो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको प्रयासले पनि नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।
बस्तीनजिक आगो आइपुगेपछि मानिसहरु जागै बसिरहेका थिए भने पोखरा बजारबाट आगो नियन्त्रण गर्न अन्य नागरिक पनि पुगेका थिए । बस्तीमा आगो आउन नदिन अग्नीरेखा बनाइएको थियो ।
स्थानीय भरत आचार्यका अनुसार आगोबाट बस्ती जोगिए पनि बन्यजन्तु र चराचुरुंगीमा भने ठूलो नोक्सानी पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार डढेलो नियन्त्रणमा २ वटा दमकलसहित ठूलो संख्यामा प्रहरी, सशत्र, नेपाली सेना परिचालन भएका थिए तर सबै ठाउँमा दमकल पनि नजाने भएकाले समयमै आगो नियन्त्रण गर्न अप्ठेरो परेको हो ।
लामो समयदेखि पानी नपरेर खडेरी परेकाले पनि आगोले भीषण रुप लिएको थियो ।
सहर नजिक र बस्ती पनि नभएकाले काहुँडाँडामा लागुऔषध प्रयोगकर्ताहरुको थलो बनिरहेको छ र त्यही क्रममा आगो सल्किएको हुनसक्ने अनुमान स्थानीयको छ । तर, प्रहरीले भने कारणकाके खोजी गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण