नेकपा एमाले जिल्ला कमिटी कास्कीको चैत १० र ११ गते हुने ११औं अधिवेशनका लागि प्रतिनिधि छनोट बुधाबार हुने भएको छ ।
विवादका कारण रोकिएको प्रतिनिधि छनोट बुधबार हुन लागेको एमाले कास्कीका सचिव बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।
यसअघि, चैत ३ गते प्रतिनिधि छनोटको मिति तय गरिएको थियो । तर, विवाद हुँदा एमाले केन्द्रीय संगठन विभागले तत्काल प्रतिनिधि छनोट नगर्न निर्देशन दिएपछि प्रतिनिधि छनोट रोकिएको थियो । जिल्ला कमिटी कास्कीको सोमबार बसेको बैठकमा सहमति गर्दै प्रतिनिधि छनोट बुधबार गर्न निर्णय भएको हो ।
यसअघि अध्यक्ष मनबहादुर गुरुङको सर्कुलरप्रति जिल्ला इन्चार्ज तथा स्थायी कमिटी सदस्य थममाया थापा, जिल्ला सचिव बैनबहादुर अधिकारी क्षेत्रीसहितका पदाधिकारीले असहमति जनाएका थिए ।
जिल्ला कमिटीको सोमबार बसेको बैठकले ३० जना बराबर थप एक जना प्रतिनिधि चयन गर्नुपर्ने निर्णय गरेसँगै चुनाव प्रक्रिया सुरु भएको हो । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने जिल्ला कमिटी अध्यक्ष गुरुङले बताए ।
अधिवेशनको उद्घाटन चैत १० गते सभागृहमा हुनेछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने जनाइएको छ ।
लोगो सार्वजनिक
यसैबीच, एमाले कास्कीको ११औं अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । प्रचार प्रसार तथा प्रकाशन विभागका प्रमुख एवं उपसचिव दर्शन लामाले लोगो सार्वजनिक गरिएको जानकारी दिए ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह