पोखरा । गण्डकी प्रदेश बास्केट बल संघकोे अध्यक्षमा धोज कुमार गुरुङ सर्बसम्मत निर्वाचित भएका छन् ।
पोखरामा बुधबार सम्पन्न आयोजक समितिको भेलाले अध्यक्षमा गुरुङ सहित १५ सदस्यिय कार्यसमिति निर्विरोध चयन गरेको हो । अध्यक्षमा निर्वाचित गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष हुने भने यस अघि कास्की जिल्ला बास्केटबल संघको अध्यक्षमा समेत रहिसकेका छन् ।
यसै गरी संघको उपाध्यक्षद्वयमा किरण सापकोटा र कौशल्या गुरुङ निर्वाचित हुँदा महासचिवमा विष्णुकुमार गुरुङ र नवलपुरका सतिश राई सचिवमा तथा कोषाध्यक्षमा दिलिप गुरुङ्ग सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा जगत राना, सोनाम गुरुङ, शौरभ केसी, विशाल राना, मिलन पाइजा पुन, प्रदिप रसाइली, कृपाश्वर गुरुङ र कृष्णकुमार श्रेष्ठ सर्वसम्मत भएको प्रदेश खेलकुदका सदस्य केशव पाठकले जानकारी दिएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले गण्डकीको बास्केटबल खेलको विकासका लागि एक बलियो टिम गठन भएकोमा बधाई दिंदै दशौं राष्ट्रिय खेलकुदका लागि जुट्न आग्रह गरे ।
यसै गरी प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्माले खेलकुद संघहरुलाई शुसासनतर्फ अघि बढाउन परिषदले विगत ६ महिना यता भरमग्दुर प्रयासहरु जारी राखेको बताउँदै खेलसंघहरुमा शुसासनको अवस्था बलियो नवने सम्म खेलकुदको विकासमा बाधा पुग्ने उल्लेख गरे ।
कार्यक्रममा नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, कास्की बास्केटबल संघका सल्लाहकार एवं पोखरा महानगरका वरिष्ठ काुनन अधिकृत नारायण प्रसाद शर्माले आफ्ना भनाई राखेका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा