चिकित्सा शिक्षा आयोगले झापाको बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च रेन्टरलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको आयोगको बैठकले दुर्गा प्रसाईंको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन सैद्धान्तिक सहमति दिएको हो ।
शिक्षा ऐनको दफा १३ को उपदफा ६ अनुसार प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन लागिएको बैठकमा सहभागी आयोगका एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार शिक्षा ऐनले बीएण्डसीलाई सम्बन्धन दिन रोक्दैन ।
‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) मा ऐन जारी हुनुअघि मनसाय पत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यकाबाहिरका शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरेबमोजिम हुने व्यवस्था छ,’ ती पदाधिकारीले भने, ‘बीएण्डसीलाई सम्बन्धन दिन ऐनले रोकेको छैन ।’
तर, प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन लागिएको भन्दै डा. गोविन्द केसीलगायत चिकित्सकहरूले विरोध जनाउँदै आएका छन् । उनीहरूले आयोगले राजनीतिक प्रभावमा परेर प्रसाईंको अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन लागेको आरोप लगाउँदै आएका छन् ।
बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्ध दिन लागिएको विरोधमा सोलिडारिटी फर गोविन्द केसी अभियानले प्रदर्शन गर्दै आएको छ ।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’