कर्णाली पुलबाट १७ जना नदीमा हाम फालेकामा लोकेन्द्र अझै भेटिएनन्

कर्णाली पुलबाट १७ जना नदीमा हाम फालेकामा लोकेन्द्र अझै भेटिएनन्

karnali pul

कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका-३ का लोकेन्द्र शाही अझै भेटिएका छैनन् ।

होली मनाउन कर्णाली पुलमा पुगेका १७ जना युवकले सोमबार साँझ पालैपालै नदीमा हाम फालेका थिए । तीमध्ये १६ युवक नदीबाट निस्किए पनि ३० वर्षीय शाही नदीमै हराएका हुन् । उनी बेपत्ता हुनासाथ प्रहरीले खोजी कार्य जारी राखे पनि अझै फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

शाहीको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताए । उनको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीलाई पनि खबर गरिएको डीएसपी चन्दले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds