पोखरा । पोखरामा ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’को तयारी सुरु भएको छ ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा चैत्र २१ गतेबाट २५ गते सम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने भएको हो । प्रतियोगितामा कुल १४ वटा इभेन्टमा प्रतिस्पर्धा हुने कास्की टेनिसका सचिब नविन श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गर्ल्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गर्ल्स डबल्समा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा यू–१२ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले जनही नगद रु १० हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्नेछन् । यू–१४ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु १५ हजार, उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सयसहित मेडल प्राप्त गर्नेछन् ।
यू–१६ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजार तथा ब्वाईज तथा गर्ल्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजारसहित मेडल प्राप्त गर्नेछन् ।
त्यस्तै यू–८, यू–९ र यू–१०, ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेता तथा उपबिजेताले नगदसहित गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गर्ने सचिव श्रेष्ठले जानकारी दिए ।
जुनियर प्रतियोगिताले पोखरामा टेनिस खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउँदै विद्यालयहरुलाई विद्यार्थीहरुलाई उक्त प्रतियोगिता अवलोकन गराउन कास्की टेनिसका अध्यक्ष लोक बहादुर गुरुङले आग्रह गरेका छन् ।
उक्त प्रतियोगितालाई कास्की टेनिसका संरक्षक कुमार श्री मोहन बहादुर शाहीले आफ्नो नाती र नातीनीको नाउँमा विगत तीन वर्ष देखि मुख्य प्रायोजन गर्दै आएका छन् । प्रतियोगितामा करिव १ सय खेलाडीहरुको सहभागिता हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला