नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।
इण्डियन आयल कर्पोरेशनबाट आइतबार ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि मृल्य बढाएको निगमले जनाएको छ ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट डिजेल र मट्टितेलमा रु. ०.३९, हवाई इन्धनमा रु. ०.३८ र एल.पी. ग्यासमा प्रतिसिलिण्डर रु.२७.४४ ले घटेर आएकाे छ ।
मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७२.५० रुपैयाँ पुगेको छ ।
यस्तै, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७४ रुपैयाँ पुगेको छ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
सम्बन्धित खबर
‘सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर उठ्दैन’: बालेन
रविसँग जुहारी चलिरहँदा गगनको बचाउमा उत्रिइन् रामकुमारी
गायक भिम चापागाइको ‘खेतैभरी आलु’ बजारमा
‘सरकार परिवर्तनको प्रयास माकुराको जालो जसरी च्यातियो’- विष्णु पौडेल
प्रचण्डलाई कांग्रेसको जवाफ- मूल्य कसले चुकाउनुपर्छ, हेर्दै जाउँला
कांग्रेसप्रति प्रधानमन्त्री प्रचण्डको आक्रोश : तपाईंहरुको गतिविधि कलंकका रुपमा स्थापित हुनेछ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग