पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ ।
परिषदमा आइतबार खेल संघहरु संग बैठक बसी १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न सम्पूर्ण खेल संघहरुलाई निर्देशन दिएको छ । परिषदले सबै खेल संघहरुलाई बैशाख भित्र सबै खेलहरु सम्भव भएका खेलहरुको प्रतियोगितामार्फत अथवा सम्भव प्रतियोगिता सम्भव नभएका खेलहरुको सोझै खेलाडीहरुको छनौट गर्न भनेको छ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर महिनाको २ देखि ९ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुद परिषदले यस अघि नै घोषणा गरिसकेको छ ।
खेल संघहरुको बैठकमा परिषदका सदस्य सचिव श्रीधर शर्माले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको बैशाखमा हुने पूर्व तयारीका लागि करिव १ करोड ७५ लाख खर्च हुने बताएका छन् । छनौट प्रतियोगिताहरु एक जिल्लामा मात्रै सिमित नगरी सम्भव भए सम्म प्रदेशका सबै जिल्लामा आयोजना गरी तयारी गर्न समेत सदस्य सचिब शर्माले खेलकुद संघहरुलाई आग्रह गरेका छन् ।
सदस्य सचिव शर्माले सबै खेलसंघहरुलाई चैत्र मसान्त सम्म दर्ता र नविकरण गर्न निर्देशन दिंदै नविकरण नगर्ने खेलसंघहरुले लेटर प्याड वा छाप प्रयोग गरेमा परिषदले छाप किर्तेमा मुद्धा चलाउने चेतावनी दिंदै खेल संघहरुको समस्या समाधान गर्न र बलियो बनाउन परिषदले सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाए । “परिषद खेल संघहरुलाई बलियो बनाउन सहकार्य गर्न तयार छ”, उनले भने–“समाजमा हामीले खेल संस्कृतीको सन्देश दिनु छ । तर त्यस भन्दा अघि संघ आफैमा मर्यादित, पारदर्शी संगै आर्थिक शुसासन कायम गर्न नविकरण र दर्ता पहिलो शर्त हो ।”
बैठकमा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषीराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसाल, ३६ वटै खेल संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला