पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका दुई जिल्लामा प्रादेशिकस्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।
गण्डकी प्रदेश सरकारको मन्त्री परिषदको चैत्र ९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले नवलपुरको कावासोती नगरपालिका वडा नं २ नवदुर्गा खेल मैदान र तनहुँ शुक्लागण्डकी वडा नं ८ गाउँफर्कोदय माविको खेल मैदानलाई प्रदेशस्तरीय क्रिकेट खेल मैदान निर्माण गर्ने निर्णय गरेको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका छन् ।
प्रादेशिकस्तरीय क्रिकेट रंगशाला र एक अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढाउन परिषदले जिल्लाका विभिन्न ६ स्थानका लागि प्रदेश सरकारलाई सिफारिश गरेको बताउँदै सदस्य सचिब शर्माले भने–“हामीले समिति नै गठन गरेर अध्ययन गरेका थियौं । सोही अध्ययनको आधारमा सरकारले दुई स्थानमा प्रदेशस्तरीय रंगशाला निर्माण हुने गरी मन्त्रीपरिषदले निर्णय गरेको छ ।”
प्रादेशिकस्तरीय क्रिकेट रंगशाला निर्माणका लागि एक रंगशालाबाटको अर्को रंगशालाको दुरी कम्तिमा ४० किमि भित्र हुुनुपर्ने प्रावधान अनुसार नवलपुरको कावासोतीस्थित नवदुर्गा खेल मैदान नेपालकै गौरवको अन्तर्राष्ट्रिय गौतमवुद्ध क्रिकेट रंगशालाबाट ४० किमि भित्र पर्ने भएकोले पनि उक्त स्थानमा प्रादेशिक क्रिकेट रंगशाला उपयूक्त हुने गरी मन्त्री परिषदले निर्णय गरेको सदस्य सचिव शर्माले बताए । “गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पनि नजिकमा पर्ने अर्को रंगशाला आवश्यक पर्छ । सबै कुराले कावासोती उपयूक्त पनि छ”, सदस्य सचिब शर्माले भने ।
त्यसै गरी शुक्लागण्डकीको गाउँफर्कोदय मावीको खेल मैदान समेत पोखरा क्रिकेट रंगशालाबाट ४० किमि भित्रै पर्ने भएकोले उक्त स्थान समेत क्रिकेट मैदान निर्माणका लागि मन्त्री परिषदले निर्णय गरेको सदस्य सचिब शर्माले जानकारी दिए । प्रदेश सरकारले क्रिकेट मैदान निर्माणका लागि यो वर्षको विनियोजित ४० लाख रुपैयाँ सोही मैदान निर्माण प्रक्रियाका लागि अघि बढाउने जनाएको छ ।
“यि दुबै स्थान प्रादेशिक क्रिकेटका लागि उपयूक्त छन्” सदस्य सचिब शर्माले भने–“कावासोतीका लागि त्यहाँको नगरपालिकाले २ सय रोपनी जग्गाका लागि स्विकृत दिएको छ भने शुक्लागण्डकीको लागि गाउँफर्कोदय माविको स्वामित्वमा रहेको करिव १ सय ७३ रोपनी जग्गाको समेत स्विकृती प्राप्त भएको छ ।”
परिषदले कार्यकारी सदस्य ऋषीराम गौतमको संयोजकत्वमा परिषदका कार्यकारी सदस्य तारामायाँ थापा मगर, सदस्यहरु केशव पाठक र विष्णुमायाँ गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल र लेखा प्रमुख निलकण्ठ ढकालसहितको क्रिकेट रंगशाला सम्भव्यता अध्ययन टोली गठन गरेको थियो । टोलीले जिल्लाका विभिन्न स्थलको अध्ययन अवलोकन संगै स्थानिय सरोकारवालाहरु संग समेत छलफल गरी पोखरा महानगर पालिका वडक नं १४ भेडीफर्ममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र अन्य पाँच स्थानमा प्रादेशिक क्रिकेट रंगशाला निर्माणका लागि सिफारिस गरेको थियो ।
तर पोखरा १४ स्थित भेडीफर्मको जग्गाको विषयमा कुनै निर्णय नभएकोले सो बारे मन्त्रीपरिषदले कुनै निर्णय भने गर्न सकेको छैन । तर यता परिषदले नेपाल सरकारको कृषि मन्त्रालय अन्तर्गत रहेको उक्त जग्गा भेडीफर्मको चरण एरिया समेत भएकोले हस्तान्तरणका लागि लामो प्रक्रिया अपनाउनु पर्ने भएकोले परिषदले सो को विकल्पमा नयाँस्थानको खोजी कार्य तिव्र रुपमा अघि बढाएको अध्ययन टोलीका संयोजक शर्माले बताए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’