पोखरा । पोखरामा हुने ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’मा हाल सम्मै सर्वाधिक पुरस्कार राशी घोषणा गरिएको छ ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा चैत्र २१ गतेबाट २५ गते सम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा कुल १४ वटा इभेन्टमा ब्वाईजतर्फ ४० र गर्ल्सतर्फ ३० गरी कुल ७० जना खेलाडीहरुले प्रतिस्पर्धा जनाउने प्रतियोगिताकी टुर्नामेन्ट डाइरेक्टर प्रिती बरालले जानकारी दिएका छन् ।
प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गर्ल्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गर्ल्स डबल्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जनियर नेपाल ¥याकिङ खेलाडीहरुको जमघट हुने र करिव २ लाख ३१ हजार नगद पुरस्कार राशीमा खर्च हुने कास्की टेनिसका उपाध्यक्ष राजु गुरुङले बताए । उनले भने–“जुनियर टेनिसमा नेपालमा भएका प्रतियोगिता मध्ये यो नै सर्वाधिक पुरस्कार राशी खर्च हुने प्रतियोगिता हो ।”
प्रतियोगितामा यू–१२ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले जनही नगद रु १० हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्नेछन् । यू–१४ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु १५ हजार, उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सयसहित मेडल प्राप्त गर्नेछन् ।
यू–१६ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजार तथा ब्वाईज तथा गर्ल्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजारसहित मेडल प्राप्त गर्नेछन् ।
त्यस्तै यू–८, यू–९ र यू–१०, ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेता तथा उपबिजेताले नगदसहित मेडल प्राप्त गर्ने कास्की टेनिसका उपाध्यक्ष नविन चालिसेले बताए ।
प्रतियोगितामा पोखरा, बुटवल, काठमाण्डौ र चितवनका खेलाडीहरुले सहभागिता जनाउने टुङ्गो लागेको सचिब चालिसेले बताए । प्रतियोगिता विभिन्न उमेर समुहका नेपाल ¥याकिङ्ग आयर्शराज पौडेल, शाल्भी शेरचन, इभान भट्टराई, जिवाश्री भट्टराई, जिवाश भटट्राई, दर्शिल श्रेष्ठ, जियोभानी केसी, शास्वत बज्रचार्य, शिर्जन भट्टराई, सन्दिप विक, इलेश गौतम, निश्चल ज्ञवाली, विशेष विश्व डल्लाकोटीले विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्ने सचिव चालिसेको भनाई छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख खर्च हुने छ । प्रतियोगितालाई कुमार श्री मोहन बहादुर शाहीले मुख्य प्रायोजन गरेका छन् । उनले विगत तीन वर्ष देखि आफ्ना नाती–नातीनाको नाममा उक्त प्रतियोगितामा प्रायोजन गर्दै आएको उपाध्यक्ष चालिसेले जानकारी दिए ।
प्रतियोगिताको टुर्नामेन्ट सुपरभाइजरमा शक्ति शर्मा रहेका छन् ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’