पोखरा । आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ मा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्ने भएको छ । मंगलबार मञ्चको टोलीसँगको भेटमा परिषदका सदस्य सचिव श्रीधर शर्माले सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन् । भेटघाट कार्यक्रममा मञ्चका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेल सहभागी थिए । यस अगाडि आइतबार मञ्चको टोलीले सदस्य सचिव शर्मासँग भेट गरेर अवार्ड कार्यक्रमको प्रस्तावना पत्र हस्तान्तरण गरेको थियो ।
आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको मञ्चले जनाएको छ । अवार्ड कार्यक्रमको तयारी स्वरुप बुधबार दिउँसो १ बजे पोखरा रंगशालाको मिडिया सेन्टरमा अवार्ड कार्यक्रमको लागि गठन भएका ११ वटा उपसमितिको संयोजक तथा सह–संयोजकबीचको छलफल कार्यक्रम राखिएको मुल आयोजक समितिका संयोजक दीननाथ बरालले जानकारी दिए ।
अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक राजाराम पौडेलले जानकारी दिए ।
अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले र राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको भने साहस स्पोर्ट्सले समेत अवार्ड कार्यक्रममा सहयोग गर्ने तय भैसकेको छ । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको हो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो