दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि कर्णाली प्रदेश सभाका सांसद जीवनबहादुर शाहीको सांसद पद स्वतः निलम्बनमा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सो प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचारको मुद्दा दायर गरेको थियो जसमा नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीसमेत रहेका छन् ।
शाही तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । उनी कर्णालीका पहिलो मुख्यमन्त्री हुन् । भेन हाल पनि उनी प्रदेश सभामा सांसद रहेका छन् ।
शाही प्रदेश सभा निर्वाचनमा हुम्ला (ख) बाट निर्वाचित छन् । उनीविरुद्ध भ्रष्टाचारको मुद्दा लागेसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको हो । भ्रष्टचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।
शाही हाल नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेता छन् । उनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बेला २ वटा वाइडबडी जहाज खरिद गर्ने निर्णय भएको थियो ।
२०७४ वैशाखमा मन्त्रिपरिषद् बैठकमा निर्णय भएर विमान खरिद भएकोमा ३ अर्ब बढी भ्रष्टाचार भएको आरोप लागेको थियो ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन