बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । माओवादी संसदीय दलका नेता महराले शुक्रबार मात्र बहुमत (४४) सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै प्रदेशमा पनि अल्पमतमा परेका निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरीले बहुमत जुटाउन नसकेपछि बिहीबार राजनीमा दिएका थिए । लगतै प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।
लुम्बिनीमा माओवादी केन्द्रका १० प्रदेश सदस्य छन् । गठबन्धनमा भएको भागबन्डाअनुसार महरालाई एमाले (२९), जसपा (३), एकीकृत समाजवादी (१) र स्वतन्त्र सांसद खड्ग बस्नेतले समर्थन गरेका छन् ।
सम्बन्धित खबर
सरकारले सार्वजनिक गर्यो प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसको चेतावनी : ‘कैलाश सिरोहियामाथि कारबाही भए हामी सहँदैनौँ’
‘सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर उठ्दैन’: बालेन
रविसँग जुहारी चलिरहँदा गगनको बचाउमा उत्रिइन् रामकुमारी
‘सरकार परिवर्तनको प्रयास माकुराको जालो जसरी च्यातियो’- विष्णु पौडेल
प्रचण्डलाई कांग्रेसको जवाफ- मूल्य कसले चुकाउनुपर्छ, हेर्दै जाउँला
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग