पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै सपथ लिने भएका छन् ।
दिउँसो ३ बजेपछि प्रदेश प्रमुख निवासमा सपथ लिने कार्यतालिका रहेको प्रदेश प्रमुखका प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए ।
मुख्यमन्त्री खगराज अधिकारीले आफूसँगै अन्य दुई मन्त्रीलाई साथमा लिएर सपथ ग्रहण गर्न लागेका हुन् । अधिकारी निकट श्रोतका अनुसार माओवादीबाट संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री अधिकारीसँग सपथ लिन लागेका हुन् ।
दुवै जनाले कुन मन्त्रालयको जिम्मेवारी लिने अहिले खुलेको छैन । स्रोतका अनुसार मुख्यमन्त्री अधिकारीले प्रदेश सभाबाट विश्वासको मत लिनु अघि दुवैलाई विनाविभागीय मन्त्रीका रुपमा नियुक्त गर्ने तयारी छ ।
मनाङे पाँचौँपटक गण्डकी प्रदेश सरकारको मन्त्री बन्ने भएका छन् । मनाङे कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा पनि भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री थिए । तर, अधिकारीलाई मुख्यमन्त्री बनाउन निर्णायक मत दिएर उनी पुनः मन्त्री बन्न लागेका हुन् । एमाले स्रोतका अनुसार उनले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मागेका छन् । सरकार बनाउन निर्णायक मत दिएकाले मुख्यमन्त्री अधिकारी पनि मनाङेलाई उक्त मन्त्रालय दिन तयार छन् ।
फाइल तस्वीर ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्