गण्डकीमा प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले एक पछि अर्को रेकर्ड राखिरहेकै छन् ।
संसदको अंकगणितका कारण उनको पल्लाभारी छ । पहिलो कार्यकालमा पनि तीन पटक मन्त्री भएर रेकर्ड राखेका मनाङेले दोसैो कार्यकालमा पनि उस्तै अंकगणितले अवसर मिलिरहेको छ । उनी हरेक सरकारमा मन्त्री हुने सांसद बनेका छन् । कहिले पार्टीमा जोडिन्छन्, कहिले स्वतन्त्र बन्छन् । जे फाइदा हुन्छ, उही गर्दै आइरहेका छन् ।
कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा रोज्जा मन्त्रालय भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री बनाएर मनाङेको भाउ बढाइसकेको अवस्था छ ।
गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका मनाङे पाँचौँपटक गण्डकी प्रदेश सरकारको मन्त्री बन्ने भएका हुन् । अधिकारीलाई मुख्यमन्त्री बनाउन निर्णायक मत दिएर उनी पुनः मन्त्री बन्न लागेका हुन् । एमाले स्रोतका अनुसार उनले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मागेका छन् । सरकार बनाउन निर्णायक मत दिएकाले मुख्यमन्त्री अधिकारी पनि मनाङेलाई उक्त मन्त्रालय दिन तयार छन् ।
सरकार गठनमा मनाङेको साथ खोज्दै एमालेका सांसद पछिल्लो समय उनलाई भेट्न गएका थिए । त्यो भेटमा उनले गृहजिल्ला मनाङमा केही विकासका योजना पार्नुपर्ने भएकाले आफूले भौतिक मन्त्रालय रोजेको तर सामाजिक विकास मन्त्रालयमा रहेर धेरै काम गर्न सक्ने बताएका थिए ।
‘मनाङलाई हेप्छन् । २/३ वटा प्रोजेक्ट त्यहाँ लैजानु छ । मेरो त ब्याकग्राउण्ड पनि खेलकुद हो । यहाँ यो इन्जिनियरले फसाइदिन्छन् । म धेरै बस्दिनँ,’ उनले भनेका थिए, ‘सरकार बनाउने भए ३० पुर्याउनुस्, एक म दिम्ला नि । तर यो विघटन भन्नेतिर जानु हुन्न ।’
मनाङे यसअघिको प्रदेश सरकारको कार्यकालमा ४५ दिनमै तीन पटक युवा तथा खेलकुदमन्त्री बनेका थिए । २०७८ साल १६ वैशाखमा तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा उनी पहिलो पटक मन्त्री बनेका थिए । मुख्यमन्त्री गुरुङले २६ वैशाखमा राजीनामा दिएपछि मनाङे स्वतः पदमुक्त भएका थिए ।
२९ वैशाखमा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा पृथ्वीसुब्बाले शपथ लिएपछि पुरानै मन्त्रीलाई निरन्तरता दिएका थिए । ९ जेठमा मनाङे फेरि सोही मन्त्रालयमा दोहोरिए । कांग्रेस नेतृत्वको सरकार बनाउन निर्णायक मत दिएका मनाङेले २०७८ साल असार अन्तिममा गठबन्धन सरकारमा पनि सोही मन्त्रालयको जिम्मेवारी पाएका थिए । त्यसपछि संसदको दोस्रो कार्यकालमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले उनलाई गत ५ चैतमा भौतिक पूर्वाधारमन्त्री बनाएका थिए ।
सम्बन्धित खबर
‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’ – एमाले महासचिव पोखरेल
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
संकटको बेला सरकारले नै सर्वदलीय बैठक बोलाउनुपर्थ्यो : शंकर पोखरेल
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
संवेदनशील विषयमा रास्वपा नेतृत्वको सरकार किन समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन ?: प्रचण्ड
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्