अचानक हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटनाः स्याङ्जाका सोभितको सकुशल उद्धार

अचानक हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटनाः स्याङ्जाका सोभितको सकुशल उद्धार

Boat-Fewa

पोखरा । फेवातालमा बोटिङ गर्ने क्रममा आइतबार साँझ दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।

अचानक चलेको हावाहुरीले डुंगा पल्टिँदा पोखरा–६ लेकसाइड बस्ने स्याङ्जाको अर्जुनचौपारी–३ का २० वर्षीय सोभित परियार डुबेका थिए । घटनालगत्तै सशस्त्र प्रहरीको फेवातालको बाराहीघाटस्थित रेस्क्यु टावरमा तैनाथ उद्धार टोलीले उनलाई सकुशल उद्धार गरेको हो ।

हावाहुरीको कारण तालबराही मन्दिरमा अड्किएका करिब २५ जना आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सोही टोलीले सकुशल उद्धार गरेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds