बागलुङ । गलकोट नगरपालिका ४ ओखरबोटमा महिलाहरुलाई दुई दिने उद्घोेषण सम्बन्धी तालिम प्रदान गरिएको छ ।
प्राप्ती महिला सञ्जालको आयोजनामा महिला जनप्रतिनिधि सहित वडा भित्रका महिलाहरुका लागि बोल्ने सिप र कलाको विकास र नेतृत्व विकासको लागि २ दिने उद्घोषण तालिम प्रदान गरिएको हो ।
वडाका महिला जनप्रतिनिधि र अन्य महिला दिदिबहिनीहरुलाई उद्घोषण कला सिकाउँदै आफ्नो मनको कुरा बाहिर ल्याउन सक्ने बनाउनको लागि तालिमको आयोजना गरिएको गलकोट नगरपालिका ४ का कार्यवहाक वडा अध्यक्ष कृष्ण बहादुर भण्डारीले बताए ।
महिलाहरु सार्वजनिक कार्यक्रममा बोल्न लजाउने, डर मान्ने जस्ता कारण पछाडी परेकाले यो तालिम अति नै आवश्यक रहेको कुरामा जोड दिए । कार्य वहाक वडा अध्यक्ष भण्डारीले आगामी दिनमा पनि महिलाहरुका लागि विभिन्न सिपमूलक तालिम तथा क्षमता विकासका कार्यक्रम ल्याईने बताए ।
तालिममा सहभागी महिलाहरुले भोलीका दिनमा तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गरि अन्य कार्यक्रमहरुमा सदुपयोग गर्न आग्रह गरे । उनले उद्घोषण तालिमले महिलाहरुमा निडरता नेतृत्वदायी क्षमताको अभिवृद्वि गर्न सहयोग पुगेको उल्लेख गरे।
तालिमले क्षमता हुँदाहुँदै पनि बोल्न नसकेका महिलालाई निडर र आत्मविश्वास बढाउँदै उदघोषण कलामा दक्षता हाँसिल गर्न सहज पुग्ने सहभागी महिलाले बताए । उनीहरुले संस्थामा नेतृत्वदायी भुमिका निर्वाह गर्न र आफ्ना हक अधिकारका लागि भएपनि उद्घोषण तालिमले धेरै कुरा सिकाएको भन्दै खुसी व्यक्त गरेका छन् । उद्घोण तालिमले आफूलाई धेरै कुरा सिकाएको र अब कुनै पनि कार्यक्रम चलाउँदा वा बोल्दा ढुक्कले बोल्न सक्ने भएको सहभागी मिना खत्री गैरेले बताइन् ।
२ दिने उद्घोषण कला तालिममा उदघोषण कला भनेको के हो ? उदघोषकमा हुनुपर्ने गुणहरु, उद्घोषकले गर्न नहुने कुराहरु, ६ क को प्रयोग, बैठक व्यवस्थापन, माईनुट लेखन, संस्थामा सदस्यता प्रकार, कार्यक्रमका प्रकृति लगायतका विषयमा सामुदायिक रेडियो गलकोट एफ एमका प्राविधिक तथा प्रस्तोता थम्मन थापा सन्देशले सहजीकरण गरेका थिए ।
त्यस्तै तालिमको महत्व, आवश्यकता र व्यवहारिक ज्ञान, सामाजिक संघ संस्थामा महिलाको नेतृत्वदायी भुमिकाको विषयमा समाजसेवी तिर्थ सिंह भण्डारी र हेमराज गैरेले सहजीकरण गरेका थिए ।
कार्यक्रममा सञ्जालका कोषाध्यक्ष ईश्वरी गौतम न्यौपानेले धन्यवाद मन्तव्य ज्ञापन गरेकी थिइन् ।
तालिममा वडा भित्रका ४२ जना महिलाको सहभागिता रहेको थियो । कार्यक्रम प्राप्ती महिला सञ्जालका अध्यक्ष उमा न्यौपानेको अध्यक्षता, उपाध्यक्ष शान्ति चालिसेको स्वागत र सचिव कल्पना भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर