पोखरा । डिफेन्डिङ च्याम्पियन ढोलाहिटि फ्रीडमले दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधी हात पारेको छ ।
हेटौडा भेट्रान्सलाई ४—२ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन ढोलाहिटिले दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधी हात पारेको हो ।
उपाधी सँगै ढोलाहिटिले नगद १ लाख ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपबिजेता हेटौडाले नगद ७७ हजार ७ सय ७७ मा चित्त बुझाउनु पर्यो । प्रतियोगितामा ढोलाहिटिका प्रकाश राना मगर म्यान अफ दी म्याच हुन सफल रहे । त्यस्तै प्रतियोगितामा ढोलाहिटिकै तेज बहादुर गलामी उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडी गलामीले नगद १० हजार र ट्रफी प्राप्त गरे ।
फाइनल खेलमा ढोलाहिटीको तर्फबाट प्रकाश राना मगरले २ गोल र सरोज थापा र राजकुमार केसीले १—१ गोल गरेभने हेटौडाका शशी गौतम र सञ्जय राना मगरले १—१ गोल गरेका थिए । प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, अमरसिंह ब्वाइज क्लब एबिसीका अध्यक्ष राजेश गुरुङ लगायतले नगद, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।
सो अवसरमा वोल्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले सरकारी स्तरबाट खेलकुदको बिकासका लागी उल्लेख्य काम हुन नसकेको बताउदै खेलकुदको बिकासका लागि स्थानिय क्लब, संघ संस्था, ब्याक्तित्वहरुको साथ र सहयोग अपरिहार्य रहेको बताइन् ।
अमरसिंह ब्वाइज क्लबका अध्यक्ष राजेश गुरुङले आफुहरुले युवाहरुलाई भन्दापनि पैचालिस बर्ष उमेर कटेकाहरुलाई लक्षित गरी आपसी भाइचारा कायम गरी शारिरीक तन्दुरुस्तीका लागि सहयोग प¥याउने उद्देश्यले खेलकुदको कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने वताउदै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ