पोखरा । घान्द्रुक पर्यटन महोत्सवमा आयोजित क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विद्यान स्पोर्टस क्लबले जितेको छ ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको पर्यटन महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा विद्यान स्पोर्टस क्लबले अन्नपूर्ण युवा क्लब किम्चेलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
विद्यान स्पोर्टस क्लबले पहिलो सेट २५–१९ जितेपनि दोस्रो सेट २३–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेट क्रमशः २५–२० र २५–२१ ले जित्दै उपाधि जितेको हो ।
क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता विद्यान स्पोर्टस क्लबले १ लाख ११ हजार १ सय ११, उपविजेता किम्चेले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको महोत्सव संयोजक अमृत गुरुङले जानकारी दिए ।
बास्केटबलको उपाधि टाइम्सले जित्यो
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले पर्यटन महोत्सवमा आयोजित बास्केटबल प्रतियोगिताको उपाधि टाइम्सले जितेको छ ।
शुक्रबार सम्पन्न भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै टाइम्सले उपाधि जितेको हो । टाइम्सले आर्मीलाई ५६–४७ अङ्कले पराजित गर्दै उपाधि जितेको हो ।
खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे ।
घोडा दौडको उपाधि देवेन्द्रलाई
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले पर्यटन महोत्सवमा आयोजित घोडा दौडको उपाधि देवेन्द्र श्रीपालीले जितेका छन् ।
शुक्रबार सम्पन्न भएको घोडा दौड प्रतियोगितामा ९ किलोमिटर दुरी २२ मिनेट ३९ सेकेण्डमा पूरा गर्दै उपाधि चुमेका हुन् ।
यस्तै कृष्ण थापाले २२ मिनेट ५० सेकेण्डमा दुरी पूरा गर्दै द्धितीय भए । यस्तै बिनोद थापाले २३ मिनेट १९ सेकेण्डमा दुरी पूरा गर्दै तृतीय भए ।
घोडा दौड प्रतियोगितामा विजेता देवेन्द्र श्रीपालीले ५५ हजार ५ सय ५५, उपविजेता कृष्ण थापाले २७ हजार ७ सय ७७ र तेस्रो भएका बिनोद थापाले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गरे ।
ठेलो प्रतियोगितातर्फ स्याङ्जाका दुजिक थापामगर प्रथम र पर्वतका युवराज गुरुङ द्धितीय भए । प्रथम र द्धितीय भएका उनीहरुले ८ हजार र ५ हजार पुरस्कार प्राप्त गरे ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले चैत २७ देखि आयोजना गरेको घान्द्रुक पर्यटन महोत्सव आज सम्पन्न भएको हो । घान्द्रुक पर्यटन महोत्सवमा ३० प्रतिशत छुट दिएको थियो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो