पोखरा । विद्यालय परिसरभित्र रहेका रूख काटेर बिक्री गरेको आरेपमा गण्डकी बोर्डिङ स्कूलका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
पोखरा–१६ स्थित सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालय परिसरभित्रका सिसौ, सल्लालगायतका रुखहरु काटेर बिक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
बोर्डिङ स्कुलभित्रका रूखहरू कटान गरी बाहिर फर्निचरमा बिक्री गरेको भन्ने उजुरीपछि जाँचबुझ एवं अनुसन्धान गर्दा स्कुल परिसरको खेलकुद ग्राउण्ड, छात्राबास र कम्पाउण्ड बालसँग जोडिएका सिसौ, सल्लालगायतका विभिन्न २५ वटा रूखहरू काटिएको पाइएको जनाएको छ ।
वन नियमावली, २०७९ को दफा ३७ बमोजिमको प्रक्रिया पूरा नगरी कटान गरेको, रुखहरूबाट उत्पादित दाउरा विद्यालयको सिनियर म्यानेजमेन्ट टिमले कोटेशनबाट लिलाम बढाबढ गरी ६० हजारमा बिक्री गरेको अभियोग छ । गण्डकी प्रदेश वन ऐन, २०८० को दफा ६६ कोसमेत उल्लंघन गरेको अनुसन्धानबाट पुष्टि भएको पाइएको हो ।
सिनियर म्यानेजमेन्ट टिम भनिएका प्रधानाध्यापक वीरेन्द्र खड्कासमेतले रूख हटाउने स्वीकृती नलिई रूख कटान गरी दाउरा बेचबिखन गरेको भन्दै ३ लाख ७९ हजार ४०० बराबरको वन पैदावार हानी नोक्सानी गरेको अभियोगमा उल्लेख छ ।
खड्कासहित ८ जनालाई १० हजार जरिवाना तथा ६ महिनासम्म कैद सजाय माग दाबी गरिएको छ । पोखरा–१६ का खड्कासहित लोकबहादुर थापा, सोनी गुरुङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र शुक्लागण्डकी–९ का यज्ञराज शर्माविरुद्ध गत २७ गते मुद्दा दायर गरिएको हो ।
सम्बन्धित खबर
प्रतिभामा लोकतान्त्रिक निर्वाचन प्रक्रियाको अभ्यासः सदनको कप्तान, उपकप्तान चुनावबाटै चयन
लेकसाइडको स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाको उद्धार
‘सबै जलविद्युत आयोजनाले खोलामा कम्तिमा १० प्रतिशत पानी अनिवार्य छाड्नुपर्छ’
मदन–आश्रितको सम्झनाः पोखराको स्मृति पार्कमा माल्यार्पणसँगै सरसफाई, जबजको विशेषताबारे विवेचना
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान गर्न प्रोत्साहन प्याकेज
पोखरामा खुकुरी प्रहार गरी फरार भएका २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग