धनुषामा एक महिलाको गहुँ खेतमा शव भेटिएको छ । धनुषाको हंसपुर नगरपालिका-७ की ५५ वर्षीया शुभ देवी मण्डलको हत्या भएको हो ।
धनुषाकै सहिदनगर नगरपालिका-४ ननुपट्टी (माइती)गएकी उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् । उनको शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको हो ।
मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउ चोट देखिएको छ । कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशङ्का छ ।
माइतमा एक जनाको मृत्यु भएकोले उनी गएकी थिइन् । साँझदेखि हराइरहेको उनको खोजतलासको क्रममा हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
काँग्रेस उपसभापति धनराज गुरुङले संसदमै अमर्यादित हर्कत देखाए, पूर्वप्रम ओलीसँग धकेलाधकेल
पोखराबाट गुल्मी तम्घास जाँदै गरेको बस रिडीमा दुर्घटनाः घाइते सहचालकको मृत्यु
पूर्व प्रधानसेनापति सिंहको निधन
कञ्चनपुरमा ढुंगाले हानेर पूर्वशिक्षकको हत्या
सुजल डेरीको रस बदाम ड्रिंक बजारमा
आज ३१औं मदन–आश्रित स्मृति दिवस
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग